Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

१२ औँ संस्करणको राष्ट्रपति रनिङशिल्ड बकैयाको बुद्ध माविले जित्यो

289645578_290520842295871-1656854771.jpg

१९ असार, हेटौंडा । मकवानपुर जिल्ला स्तरिय १२ औ राष्ट्रपति रनिङ शिल्ड बुद्ध मावि बकैयाले जितेको छ । मकवानपुरका दश पालिका मध्ये ८ वटाको सहभागितामा भए जिल्ला स्तरिय प्रतियोगितामा बुद्ध माविले १० स्वर्ण, ३ रजत र ३ कास्य पदक प्राप्त गरि शिल्ड फेरी पनि जितेको हो । 
अघिल्लो बर्ष पनि पनि बुद्धले नै शिल्ड जितेको थियो । यस्तै जनकल्याण मावि थाहागरपालिकाले ५ स्वर्ण, ४ रजत र १ कास्य पदक सहित दोस्रो भएको छ भने हेटौडाको जनपृय मावि ४ स्वर्ण, ३ रजत र २ कास्य सहित तेस्रो भएको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिए । 
प्रतियोगिता अन्तर्गत भलिवलको छात्र तर्फ सुृन्दरी देवी मावि थाहानगर प्रथम, अरनीको मावि हेटौडा द्धितीय र कालिका मावि कैलाश तृतीय भएका छन् । यस्तै छात्रा तर्फ जकल्याण मावि प्रथम, भानुमावि मकवानपुर गढी दोस्रो र कालिका मावि ई्न्द्रसरोवर तृतीय भएका छन् । 
कबड्डीमा छात्र तर्फ जनपृय हेटौडा प्रथम,जनकल्याण थाहा द्धितीय र चण्डीका मावि गढी तृतीय भएका छन् । यस्तै कबड्डीमा छात्रा तर्फ जनकल्यण प्रथम, चन्द्रोदय  मावि हेटौडा द्धितीय र बंशगोपाल मकवानपुर गढी तृतीयभएका छन् । 
उत्कृष्ट खेलाडीहरुमा एथलेटिक्समा बुद्धका आयुस नेगी र करुणा पाख्रीन बालबोध मावि हेटौडा, भलिवलमा सुन्दरीदेवीका पुजन गुरुङ र जनकल्याणकी सविना रुम्वा तथा कबड्डीमा जनपृयका निश्चल थापा तथा जनकल्याणकी कंचन घले भएका छन् । 
विजेता खेलाडी तथा विद्यालयहरुलाई बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सूर्यलाल भण्डारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बेस खड्की, नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र साही, विभिन्न खेल संघका अध्यक्षहरुले मेडलशिल्ड र प्रमाणपत्र वितरण गरेका थिए । 
दुई दिन सम्म सन्चालन भएको प्रतियोगिताका विजेता खेलाडीहरुले बागमती प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेल्ने छन् । प्रदेश प्रतियोगिता यही असार २५ गते देखि काठमाडौमा हुने जानकारी दिईएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार