१७ कार्तिक, हेटौँडा । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागी लोकतान्त्रिक गठबन्धनले संयुक्त निर्वाचन परिचालन समिति निर्माण र प्रचारप्रसार समिति गरेको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा गठबन्धनमा रहेका नेपाली कांग्रेस र राप्रपाको शुक्रबार बसेको संयुक्त बैठकले निर्वाचन परिचालन मूल समिति र प्रतिनिधिसभा निर्वाचन परिचालन समिति गठन गरेको हो ।
बैठकले नेपाली कांग्रेस मकवानपुरका उप–सभापति विष्णु प्रसाद लामिछानेको संयोजकत्वमा १ सय ५१ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ । समितिको सहसंयोजक राप्रपाका उपाध्यक्ष शिवराम थापा र सदस्यहरुमा नेपाली कांग्रेसका सचिव बुद्ध लामा, राप्रपाका सचिव खिलप्रसाद चौलागाई, नेपाली कांग्रेसका कोषाध्यक्ष गोपिलाल विक र राप्रपाका कोषाध्यक्ष गोपिप्रसाद न्यौपाने रहेका छन् ।
बैठकले लोकतान्त्रिक गठबन्धनको प्रचारप्रसारलाई प्रतिनिधिसभामा व्यवस्थित गर्न प्रतिनिधि सभासदस्य क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहाकार रामचन्द्र अर्याल माइकल संयोजक र राप्रपाका पूर्व जिल्ला अध्यक्ष नवराज विष्ट सहसंयोजक रहेको निर्वाचन परिचालन समिति र क्षेत्र नम्बर २ मा निर्वाचनमा सभापति रघुरमण न्यौपाने संयोजक र क्षेत्रीय अध्यक्ष गोविन्द रिजाल सहसंयोजक रहेको समिति गठन गरेको छ ।
बैठकले नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला संयोजक र नेपाली कांग्रेसका जिल्ला सदस्य भीमसेन महत र राप्रपाका क्षेत्रीय अध्यक्ष धु्रव संजेल सहसंयोजक रहेको प्रचारप्रसार समिति गठन गरेको प्रवक्ता कोइरालाले जानकारी दिए ।
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
