Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

विद्यार्थीमाथि दुर्व्यवहार प्रकरणः वडाध्यक्ष फसाउन खोजिएको दावी

292238070-1657424471.jpg

२६ असार, हेटौंडा । नेपाली कांग्रेस कैलाश गाउँपालिका समितिले आफ्नो पार्टीबाट निर्वाचित वडा अध्यक्षलाई यौन दुव्र्यवहारको आरोप लगाएर फसाउन खोजिएको आरोप लगाएको छ ।
राष्ट्रपति रनिङशिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिता खेल्न आएका एक विद्यार्थीलाई कैलाशका एक वडा अध्यक्षले यौन दुव्र्यवहार गरेको भन्दै समाचार बाहिरिएपछि कांग्रेसले यस्तो बताएको हो । 
शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै कांग्रेस कैलाश गाउँपालिकाले यौन दुव्र्यहारको बिषयमा सत्यतथ्य छानबीन गर्न माग समेत गरेको छ । 
‘कैलाश गाउँपालिका–९ नम्बर वडा अध्यक्षमाथि लागेको आरोपको बिषयमा गम्भीर ध्यानाकर्षण भएको छ’, गाउँपालिका सभापति राजेन्द्र घिसिङले भने, ‘जननिर्वाचित वडा अध्यक्षलाई अनाहकमा यौन दुव्र्यवहार जस्तो घृणित आरोप लगाउने राजनीतिक दलप्रसत घोरा भत्सर्ना गर्दछौं ।
राजनीतिक रुपमै प्रतिस्पर्धाको लागि समेत आव्हान गर्दछौं ।’ घटनाको सत्यतथ्य नबुझी एकलौटी भनाइलाई आधार मान्दै कुनै राजनीतिक दलबाट प्रेरित भएर घटनालाई अघि बढाइएको भन्दै उनले आपत्ति जनाएका छन् । 
१८ गते साँझ विद्यालयका शिक्षकहरुको अनुरोधमा वडा अध्यक्ष हेटौंडा–१० स्थित असन गेष्ट हाउसमा पुगेको र राती साढे ९ बजेको समयमा खेलाडी विद्यार्थीहरुले हल्लाखल्ला गरेपछि हल्ला नगर्न अनुरोध गरेर साथीसंग कोठामा सुतेका वडा अध्यक्षलाई आरोप लगाइएको कांग्रेस नेताहरुको भनाई छ । 
आरोप प्रमाणित नभएको अवस्थामा सञ्चार माध्यममा वडा अध्यक्षले यौन दुव्र्यवहार गरेको समाचार आउँदा अचम्ममा परेको सभापति घिसिङले बताए । उनले प्रहरी प्रशासनलाई घटनाको बिषयमा सत्यतथ्य छानबीनका लागि आग्रह गर्दै वडा अध्यक्षले गलत गरेको प्रमाणित भएमा कारबाही हुनुपर्ने समेत बताएका छन् । 
पत्रकार सम्मेलनमै उपस्थित भएका र घटना भएको भनिएको दिन वडा अध्यक्षसंगै एउटै कोठामा सुतेको दावी गरेका कैलाशका नवराज रुम्बाले अनाहकमा वडा अध्यक्षलाई फसाउन खोजिएको बताएका छन् ।
‘मेरो छोरा पनि राष्ट्रपति रनिङशिल्ड खेल्न आएकोले वडा अध्यक्षसंगै म पनि उक्त होटलमा पुगेको थिएँ । सुत्ने तर्खर गर्दैगर्दा विद्यार्थीहरुले हल्लाखल्ला गरेपछि हामीले रातको समयमा नसुतेर किन हल्लाखल्ला गरेको भनेर सम्झाउँदै सुत्न गएका हौं’, रुम्बाले भने, ‘म राति करिब १ बजेसम्म मोबाइल चलाएर बसेको थिएँ, वडा अध्यक्ष निदाइसक्नुभएको थियो । तर यहाँ राति १२ बजेको समयमा यौन दुव्र्यवहार गरेको भन्ने आरोप लगाएको सुन्दा अचम्म लागेको छ ।’ 
चुनाव हारेको चोटमा केही नेताले योजनाबद्ध रुपमा फसाउन खोजेको उनले आरोप समेत लगाए । बालिकामाथि यौन दुव्र्यहारको घटना भएको पुष्टि भए कारबाही हुनुपर्ने माग गर्दै रुम्बाले अनाहकमा कसैलाई फसाउन नमिल्ने बताए ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

जीप र मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
accident.-1713933582.jpg

१२ बैशाख, झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

थप समाचार