Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर क्याम्पसका संस्थापक प्रमुखको प्रतिमा अनावरण

292271290_502100592469562-1657846009.jpg

३१ असार, हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसका संस्थापक प्रमुख स्वर्गीय मुकुन्द दास श्रेष्ठको अर्धकदको प्रतिमा बिहीबार अनावरण गरिएको छ । श्रेष्ठको प्रतिमा क्याम्पस सञ्चालक समितिका पदाधिकारी र सदस्यहरुले संयुक्तरुपमा अनावरण गरेका हुन् । 
२०३७ सालमा स्वीकृत पाई २०३८ सालबाट पठनपाठन सुरु भएको क्याम्पसको स्थापनाकालदेखिनै स्वर्गीय श्रेष्ठले क्याम्पस प्रमुखको रुपमा काम गरेका थिए । क्याम्पस सञ्चालन गर्ने तयारी भए पनि दक्ष जनशक्तिको अभावमा मुकुन्द दास श्रेष्ठ त्रिचन्द्र क्याम्पसबाट काजमा मकवानपुर क्याम्पस आएका थिए । 
स्वर्गीय श्रेष्ठले स्थापनाकालदेखि २०४५ माघ १० गतेसम्म मकवानपुर बहुमुखी क्याम्पसको प्रमुख भएर काम गरेको मकवानपुर क्याम्पस एल्मुनाईका उपाध्यक्ष प्रताप विष्टले जानकारी दिए । स्वर्गीय श्रेष्ठको प्रतिमा निर्माण गरेर मकवानरको शिक्षा क्षेत्रमा उनले पु¥याएको योगदानको कदर गर्ने एउटा सानो प्रयास मात्र गरेको एल्मुनाईका उपाध्यक्ष विष्टले बताए ।
संस्थापक प्रमुख श्रेष्ठको प्रतिमा मकवानपुरकै मूर्तिकार लक्ष्मण भुजेलले निर्माण गरेका हुन् । श्रेष्ठको प्रतिमा बनाउन हेटौंडा उपमहानगरपालिकाले ४ लाख, क्याम्पसले ५५ हजार र क्याम्पसका पूर्व विद्यार्थहरुले समेत आर्थिक सहयोग गरेको उपाध्यक्ष विष्टले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार