file photo
१ साउन, हेटौंडा । आईसीसी पुरुष विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजमा नेपाल नामिबियासँग पराजित भएको छ । स्कटल्याण्डको एयरमा शनिबार राति नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो ।
नामिबियाले दिएको २०० रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रन जोड्दा अलआउट भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । यस्तै आसिफ शेखले ३४ रन जोड्दा आदील आलमले २० रन बनाए ।
रोहित पौडेलले १७ र पवन सर्राफ १० रनमा अविजित रहे । रोहित पौडेलले १७ र पवन सर्राफ १० रनमा अविजित रहे । आरिफ शेख ४ रनमा आउट हुँदा देव खनाल र सोमपाल कामीले १÷१ रन जोडे । कुशल भुर्तेल, कप्तान सन्दीप लामिछाने र बसिर अहमेदले खाता खोल्न सकेनन् । नामिबियाका बेर्नार्ड स्कोल्ट्जले ५ विकेट लिए । जान फ्राईलिंकले ३ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनाएको थियो । नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले ५३ रनको अर्धशतकीय इनिङ खेले । यस्तै डेभिड विएसले ३४ रन जोड्दा जेजे स्मिथ र डिभान ला ककले समान २७ रन जोडे । नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २÷२ विकेट लिदा बसिर अहमेदले १ विकेट लिए ।
यससँगै नेपाल जारी सिरिजमा नामिबियासँग लगातार दोस्रो खेलमा पराजित भएको छ । सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।
सिरिज अन्तर्गत नै नेपालले अन्तिम खेलमा आज स्कटल्याण्डविरुद्ध खेल्नेछ । सिरिजकै पहिलो भेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।
नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा झरेको छ । नेपालले १९ खेलमा १७ अंक जोडेको छ । नामिबिया १८ खेलमा १८ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







