Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

स्वास्थ्य मन्त्री लामाले संसदमार्फत सार्वजनिक महत्त्वको बिषयमा जानकारी

Screenshot_20220725-15130-1658741453.jpg

९ साउन, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले प्रदेशसभामा सार्वजनिक महत्त्वको विषयमा जानकारी दिएका छन् ।

मन्त्री लामाले सोमबार संसदमा कोभिड-१९, मन्किपक्स जस्ता विश्वव्यापी महामारी र हैजा, डेंगु, स्क्रबटाइफस लगायतका मौसमजन्य एवम् उदयीमान रोगहरुको समयमै रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको लागि संघीय सरकार तथा स्थानीय सरकारसंगको समन्वयमा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय पूर्ण रुपमा तयारी अवस्थामा रहेको अवगत गराएका हुन् ।

 

यस्तो छ मन्त्री लामाको मन्तव्यको पूर्ण पाट

माननीय सभामुख ज्यू, तथा माननीय प्रदेश सभा सदस्य ज्यूहरु,

सन् २०१९ डिसेम्बर ३१ देखि मित्र राष्ट्र चिनबाट शुरु भइ विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को २३ जनवरी २०२० मा नेपालमा पहिलो बिरामी पुष्टि भएकोमा हालसम्म पनि यसको जोखिम कायमै छ ।  समग्र मानव जातिको चुनौतिको रुपमा बारम्बार स्वरूप परिवर्तन गर्दै बिभिन्न लहरहरुमा फैलिदै आएको कोभिड-१९ को संक्रमण पछिल्लो समय पुन: बढ्दो क्रममा देखिन्छ । यही २०७९ श्रावण ८ गते सम्मको तथ्यांकअनुसार देश भरिमा कुल ७०,६३,४८१ परिक्षणमा ११,२५,११४(१५.९३%) संक्रमित देखिएकोमा बागमती प्रदेश भित्र ४१,४६,१४९ परिक्षण गर्दा ५,७५,६९४ (१३.८९%) संक्रमित भएको पाइन्छ । पछिल्लो समय कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको नया उप-प्रजातिहरू विश्वव्यापी रुपमा फैलिदै गए संगै नेपालमा पनि यसको संक्रमण दर बढिरहेको छ । बागमती प्रदेशमा दोश्रो लहर पश्चात दैनिक नयाँ संक्रमितको संख्या घट्दै २० जनाको हाराहारीमा पुगेको अवस्थाबाट हाल पुन: संक्रमण बढ्दै श्रावण ८ गतेको दिनमा आइपुग्दा दैनिक २३४ जना नयाँ संक्रमित पुष्टि भएको छ । कोभिडको कारणले मानवीय क्षतिका साथै आर्थिक, सामाजिक लगाएतका क्षेत्रमा विश्वव्यापीरुपमा अनगिन्ती क्षति पुर्याइरहेको कुरा सर्वविदितै छ ।

यसको रोकथामको लागि संघीय सरकार संगको समन्वयमा बागमती प्रदेश सरकारले कोभिड बिरुद्धको खोप अभियानलाई तिब्र रुपमा अगाडी बढाई रहेको छ । वर्तमान संघीय सरकार गठन हुँदाका बखत सम्माननीय प्रधानमन्त्रीज्यूबाट २०७८ साल भित्रमा सम्पूर्ण लक्षित जनतालाई कोभिड-१९ बिरुद्धको २ मात्रा खोप उपलब्ध गराउने घोषणा गरे अनुरुप बागमती प्रदेश भित्र सतप्रतिशत लक्षित जनसमुदायलाई कोभिड-१९ बिरुद्दको खोप पुर्याउन सफल भएकोमा सम्पूर्ण खटिने स्वास्थ्य कर्मीहरु र सहयोग पुर्याउनु हुने जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी र आम-नागरिकलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

कोभिड-१९ रोग रोकथाम तथा नियन्त्रणको लागि खोपको साथसाथै आम नागरिकहरुमा सचेतना फैलाउन अति आवश्यक छ । सम्पूर्ण स्वास्थ्यकर्मी, संचारकर्मी, महिला स्वास्थ्य स्वमसेविका, सुरक्षाकर्मी, जनप्रतिनिधिहरु र अभियन्ताहरुको तर्फबाट आम नागरिकहरुमा दैनिक क्रियाकलापहरु गर्दा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डहरु जस्तै: अनावश्यक भिडभाडमा नजाने, सार्वजनिक स्थलमा मास्कको अनिवार्य प्रयोग गर्ने, दूरी कायम गर्ने, बारम्बार हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने, आदि अनिवार्य रुपमा पालना गर्न साथै छुट भएका नागरिकहरुलाई खोजि-खोजि कोभिड-१९ को बुस्टर डोज सम्मका सबै मात्रा समयमै उपलब्ध गराउने कार्यमा सबैको सहयोगको लागि अनुरोध गर्न चाहन्छु  ।

गत बिहिवार (जुलाई ५, २०२२) मा मात्र विश्व स्वास्थ्य संगठनले मन्कीपक्स रोगलाई अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ । हालसम्म नेपालमा यो रोगको पुष्टि भईनसकेको भएतापनि विश्वव्यापी रुपमा फैलदै गरेको यो महामारी नेपालमा पनि नआउला भन्न सकिन्न । त्यसैले यो सम्भावित महामारीको रोकथामको लागि पनि पूर्व तयारी अवस्थामा रहन अति आवश्यक छ । कोहि पनि व्यक्तिलाई यो रोग संग मिल्दो जुल्दो लक्षण देखिएमा वा शंका लागेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा सो कार्यको लागि सहयोग गर्न समेत सम्पूर्णमा हार्दिक अनुरोध गर्न चाहन्छु ।

वर्तमान समयमा गर्मी तथा वर्षा याममा देखा पर्ने संक्रामक रोगहरुको पनि त्यतिकै जोखिम रहेको छ । हालसालै काठमाडौँ उपत्यका तथा अन्य केहि शहरहरुमा झाडापखालाको प्रकोप देखिएको र परीक्षणको क्रममा हैजा समेत देखिएको थियो । पछिल्लो जानकारी अनुसार २३ जुलाई २०२२ सम्मको तथ्यांक हेर्दा कुल ३४ जनामा हैजा पुष्टि भएको देखिन्छ जसमध्ये ५ बर्ष सम्मका बालबालिकाहरु ३ जना छन् भने हालसम्म कसैको पनि मृत्यु भएको छैन ।

बिगत केहि बर्षदेखी नेपालमा (बागमती प्रदेश भित्र समेत) केहि नयाँ उत्पन्न हुने रोगहरू जस्तै डेंगु, स्क्रब-टाइफस आदि फैलदै आएकोले यो बर्ष पनि यी रोगहरु फैलने सम्भावना देखिन्छ । यस्ता संक्रामक सरुवा रोगहरुको समयमै पूर्वतयारीका साथ रोकथाम तथा नियन्त्रणका उपायहरु अपनाउन सकिएन भने कुनै पनि बेला महामारीको रुप नलेला भन्न सकिन्न । 

तसर्थ कोभिड-१९ र मन्किपक्स जस्ता विश्वव्यापी महामारी र हैजा, डेंगु, स्क्रबटाइफस आदि जस्ता मौसमजन्य एवम् उदयीमान रोगहरुको समयमै रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको लागि संघीय सरकार तथा स्थानीय सरकारसंगको समन्वयमा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय पूर्ण रुपमा तयारी अवस्थामा रहेको छ ।  यस्ता स्वास्थ्य समस्या रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको लागि समुदायमा जनचेतना अभियान, स्वास्थ्यकर्मीहरुको परिचालन तथा क्षमता विकास, स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधि तथा उपकरणको व्यवस्थापन आदि कार्यहरु संचालन गर्नको लागि स्थानीय तहहरु, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरु, सरोकारवाला निकायहरु, जनप्रतिनिधिहरु, सुरक्षा निकायहरु, संचारकर्मीहरु, अभियन्ताहरु लगायत सम्पूर्ण जनसमुदायको ऐक्यबद्धताको लागि हार्दिक अपिल गर्न चाहन्छु ।

- माननीय निमा लामा

मन्त्री

स्वास्थ्य मन्त्रालय

मिति: २०७९ श्रावण ९ गते सोमबार 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

थप समाचार