Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

गत पालिका चुनावमा ५ अर्ब ४ करोड रुपैयाँ खर्चः आयोग

Election-1658881282.jpg

google

११ साउन, हेटौंडा । निर्वाचन आयोगले पालिका चुनाव २०७९ मा पाँच अर्ब रुपैयाँभन्दा धेरै रकम खर्च भएको जनाएको छ । आयोगले मंगलवार पत्रकार सम्मेलनमार्फत पाँच अर्ब चार करोड तीन लाख ९२ हजार आठ सय ६७ रुपैयाँ खर्च भएको जनाएको हो । 
चुनावको परिणाम र खर्च सार्वजनिक गर्दै गएको वैशाख ३० मा भएको चुनाव खर्चका हिसाबले अरू चुनावभन्दा मितव्ययी भएको आयोगले दाबी गरेको छ । 
चुनावका लागि आयोगलाई सरकारले आठ अर्ब ११ करोड रुपैयाँ निकासा गरेको थियो । त्यसमध्ये आयोगले खर्च गरेर बाँकी रहेको तीन अर्ब ६ लाख ८६ करोड रुपैयाँ फिर्ता गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 
प्रवक्ता पौडेलका अनुसार सचिवालयमा एक अर्ब दुई करोड ६३ लाख १२ हजार एक सय २९, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा तीन अर्ब ५४ करोड, जिल्ला निर्वाचन कार्यालयहरूमा ४१ करोड ३३ लाख र मतपेटिका ढुवानीमा चार करोड ५० लाख रुपैयाँ खर्च भएको छ । 
प्रवक्ता पौडेलले पालिका चुनावमा प्रति मतदान केन्द्र दुई लाख २९ हजार पाँच सय ७८ रुपैयाँ र प्रति मतदाता दुई सय ८४ रुपैयाँ खर्च भएको बताए । आयोगले गरेको खर्चमध्ये २० प्रतिशतमात्रै आयोगको सचिवालय अर्थात् केन्द्रीय कार्यालयबाट भएको र बाँकी सबै खर्च संघीय मोडेलमा तल्ला तहबाट खर्च भएको आयोगले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

थप समाचार