Email :- prastakhabar@gmail.com
खेलकुद

२० बर्षमुनिको साफ च्याम्पियनसिपमा नेपालको दोस्रो जित

294945068_195310556174942-1658970979.jpg

१२ साउन, हेटौंडा । २० बर्षमुनिको साफ च्याम्पियनसिपमा नेपालले लगातार दोश्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार श्रीलंकालाई ३–० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे । पहिलो हाफमा श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको नेपालले ५८ औं मिनेटमा कप्तान आयुषको गोलबाट अग्रता बनाएको थियो । अभिषेक वाइवाको क्रसलाई श्रीलंकाली गोलकिपरले पन्च गरेपछि रिवाउन्डमा आएको बललाई आयुषले हाफ भलीमार्फत गोल गरे । 
खेलको ६५ औं मिनेटमा कृतिसले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । कप्तान आयुषले मिलाएको सर्ट पासलाई कृतिसले टप कर्नरमा सुन्दर गोल गरे । त्यसपछि खेलको ८४ औं मिनेटमा सुगमको पासमा मनग्यले गोल गर्दै नेपाललाई ३–० को जित दिलाए ।
जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ । नेपाल फाइनल नजिक समेत पुगेको छ । यस्तै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।  यस अघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो ।
श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १–० गोल अन्तरले हराएको थियो । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
हेटौंडामा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु
20200604_122230-1660925239.jpg

३ भदौं,हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा -३ लेवट चोकमा नजिक ट्रकको ठक्करबाट पैदलयात्रुको ज्यान...

महिला संघ मकवानपुरको आयोजनामा शनिवार तीज कार्यक्रम हुने
teej-1660915543.jpg

३ भदौं, हेटौंड । नेपाली कांग्रेस भातृ संस्था नेपाल महिला संघ मकवानपुरको आयोजनामा भोली शनिवार तीज विशेष...

१९ बर्षमुनिको विश्वकप क्रिकेटको मार्गचित्र सार्वजनिक  
Watch-cricket-live-free-1660915232.jpg

३ भदौं, हेटौंड । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०२४ को आईसीसी १९ बर्षमुनिको विश्वकप क्रिकेटको...

नेपालमा पहिलो पटक ‘मिल्क बैंक’को स्थापना
2020_3image_13_55_4468746-1660914917.jpg

३ भदौं, हेटौंडा । नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ अर्थात् मातृ अमृत कोषको उद्घाटन भएको छ । थापाथलीस्थित...

शनिवार हेटौंडामा सद्भाव पदयात्रा तथा आशीर्वाद कार्यक्रम हुने
299012519_533459299996126-1660914284.jpg

३ भदौ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भदौं ४ गते शनिवार हेटौंडामा स्वामी पुर्णतेज जीको...

रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरुको भेला हेटौंडामा हुने
PS-vela1660888450-1660905621.jpg

३ भदौं, हेटौंडा । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा यहि भदौं २५ गते...

मकवानपुरगढीस्थित बंशगोपाल मन्दिरमा दर्शनार्थीको भिड (तस्विरहरू)
M-gadhi-112405_Gallery-1660889790.jpg

३ भदौ, हेटौंडा । मकवानपुरगढीस्थित बंशगोपाल मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । कृष्ण जन्माष्टमीको अवसरमा...

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदै
Capture1-1660868814.jpg

३ भदौं, हेटौँडा । आज भाद्र कृष्ण अष्टमी अर्थात भगवान् श्रीकृष्णको जन्म दिन । आज कृष्ण जन्माष्टमी पर्व मनाइदैछ ।...

नागरिकता  विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित
RS_KTM_PARLIAMENT_CITIZEN-1660867682.jpg

३ भदौं, हेटौंडा । राष्ट्रपतिबाट प्रतिनिधि सभामा पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन)...

थप समाचार