Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

गृहिणी शिक्षा र भ्रष्टाचार अन्त्यका लागी अभियान चलाइने

295579296_795519321802186-1659010334.jpg

१२ साउन, हेटौंडा । महिला सीप विकास केन्द्र मकवानपुरले देशभर गृहिणी शिक्षा लागू गर्न र भ्रष्टाचार अन्त्यको लागि भन्दै १० दिने सडक अभियान सञ्चालन गर्ने भएको छ । केन्द्रका अध्यक्ष एवं नेपाली कांग्रेसकी नेतृ समेत रहेकी रीता खनालले बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै अभियानको बारेमा जानकारी गराएकी हुन् ।
पत्रकार सम्मेलनमा नेतृ खनालले देशभर गृहिणी शिक्षा लागू गर्न र मुलुकमा बढिरहेको बेथिति, भ्रष्टाचार, कुशासनविरुद्ध अभियान सञ्चालन गर्न लागेको जानकारी दिइन् । यसअघि २०६३ सालमा मकवानपुरमा गृहणी शिक्षा आन्दोलन र सहकारी अभियान सञ्चालन गरेपछि तत्कालिन समयमा सरकारले वैकल्पिक शिक्षा प्रणालीको रुपमा ग्रहण गरेको स्मरण गर्दै नेतृ खनालले पुनः उक्त अभियानलाई सञ्चालन गर्न लागिएको बताइन् ।
उनले आजपनि गृहणी शिक्षाका आवस्यकता उत्तिकै रहेको बताउँदै स्थानीय तहहरुले अभियानलाई सहयोग गर्ने विश्वास व्यक्त गरिन् । यस्तै नेतृ खनालले अभियान अन्तर्गत नै तीन तहको सरकार मध्ये प्रदेश तहको सरकार खारेजी आफुहरुको माग रहेको बताइन् । उनले प्रदेश सरकारको खर्च जनताले थेग्नै नसक्ने भन्दै तत्काल प्रदेश खारेजीको प्रकृयालाई अगाडी बढाउनुपर्नेमा जोड दिईन् ।
उनले देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै अवस्थामा पुग्न लाग्दा समेत दलहरु सत्ताकै वरीपरी घुमेको आरोप लगाउँदै उनीहरुलाई जनता र देशको कुनै वास्ता नभएको टिप्पणी गरिन । नेतृ खनालले देशलाई श्रीलंका पथमा जान नदिन सबै एकजुट हुनुपर्ने बेला आएको बताईन । उनले अभियानको पहिलो चरणमा हेटौंडाबाट पर्चा वितरणबाट सुरु गर्ने जानकारी दिदैँ साउन २१ गतेसम्म अभियानलाई विभिन्न माध्यमबाट गाउँ, टोलसम्म पु¥याउँने बताईन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

थप समाचार