१३ साउन,हेटौंडा । मकवानपुरमा भर्खरै प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक बामदेव गौतमले जिल्लाको शान्ति सुरक्षा कायम गर्ने कुरामा कुनै कम्प्रोमाइज नगर्ने भन्दै आफ्ना प्रतिवद्धता व्यक्त गरेका छन् ।
शुक्रबार मकवानपुरमा क्रियाशील पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा प्रहरी उपरीक्षक गौतमले लागू पदार्थ ओसारपसार नियन्त्रणदेखि प्राकृतिक स्रोतको गैरकानुनी दोहन रोक्नेसम्मका योजनाहरु सहितका प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले जिल्लामा लागुऔषध नियन्त्रण, जिल्लाको शान्ति सुरक्षा, घरेलु मदिरा नष्ट, यौन व्यवसाय नियन्त्रण कोरोना भाइरस नियन्त्रणको प्रभावकारी व्यवस्था लगायतका विषयमा आफु प्रतिवद्ध रहेको जनाएका हुन्।
एसपी गौतमले आफु प्रमुख रहदा सुचना दिन आग्रसर रहने समेत बताएका हुन। संगठित अपराध तथा गुण्डागर्दी, सिमा अपराध र प्राकृतिक स्रोतको दोहन गर्नेमाथि ‘निर्मम’ प्रहार गर्ने समेत उनले पत्रकार भेटघाटमा बताए।
यस अघि जिल्ला प्रहरी कार्यालय मकवानपुरको डिएसपी रहेर काम गरिसकेका गौतमले फैसला कार्यान्वयन र फरार प्रतिवादी पक्राउ अभियानलाई पनि प्राथमिकतामा राखिएको कुरा व्यक्त गरे।
"घरेलु हिंसा, लैङ्गिक हिंसा, महिला, बालबालिका, ज्येष्ठ नागरिक र अशक्त व्यक्तिमाथि हुने अपराधमा कानुनी कठोरतादेखि मानव अधिकारको संरक्षण र संवद्र्धनमा पनि मकवानपुर प्रहरी पछि हटदैन"-प्रहरी उपरीक्षक गौतमले भने।
पत्रकार भेटघाटमा पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, जिप्रका मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्की,प्रहरी निरीक्षक चुडा कुमारी खड्का, बलराम श्रेष्ठ लगायत मकवानपुरका पत्रकारहरुको उपस्थिती रहेको थियो। पत्रकार भेटघाटमा पत्रकारहरुले प्रहरीले आफ्नो कानुनी अधिकार र कर्तव्यको दायरामा रही आम नागरिकको शान्ति सुरक्षामा ध्यान दिन आग्रह गरेका थिए ।
२७ साउन, हेटौंडा । प्रधनमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीहरुको पर्व रक्षाबन्धन, जनैपूर्णिमा...
२७ साउन, झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु...
२७ साउन, हेटौंडा । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न शहरमा आज गाइजात्रा पर्व मनाइँदै छ । गाइजात्रा विशेष गरी...
२७ साउन, हेटौंडा । आज श्रावण शुक्लपूर्णिमा अर्थात रक्षाबन्धन तथा जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदैछ ।...
२६ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५...
२६ साउन, हेटौंडा । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीवार पनि गिरावट आएको छ । बिहीवार...
२६ साउन, हेटौंडा । बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएको छ । स्वास्थ्य सेवालाई...
२६ साउन, भक्तपुर । भक्तपुरमा टहरामा लुकेर तास खेल्ने ५ जनालाई प्रहरी पक्राउ गरेको छ । भक्तपुर–९ भाने चोकमा...
२६ साउन, बारा । बाराको कलैयामा नहरको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बिहार...
१४ साउन,हेटौडा । हेटौंडामा चोरी गर्दै गरेका अवस्थामा एक युवती सहित ४ जना पक्राउ परेका छन्। शनिबार बिहान ...
२० साउन, हेटौंडा । सामान्य अर्थमा सरकारी नम्बर प्लेट अङ्कित सवारी कार्यालय समयमा र कार्यालयको काम कामजको रुपमा...
१५ साउन,हेटौंडा। हेटौडामा भर्खरै भुकम्पको धक्का महसुस गरिएको छ। आइतबार बिहान करिब ८ बजेर १५ मिनेटको समयमा...
२१ साउन,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको "सफा हेटौंडा अभियान" अन्तर्गत आज शनिबार हेटौंडा वडा नम्बर-७...
१६ साउन,हेटौंडा। वडा प्रहरीले हेटौंडा-४ चिल्ड्रेनपार्कबाट २ युवती सहित ४ जनालाई लागुऔषध कोरेक्स सहित...
२२ साउन, हेटौंडा । भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । नेपाल सरकार...
१६ साउन,हेटौंडा। आइतबार देखिको अविरल बर्षा कारण मकवानपुरका खोला तथा खहरेहरुमा पानीको सतह र बहाव बढेको छ। खोला...
२१ साउन,हेटौंडा। हेटौंडा अस्पताल यति बेला अशान्त बनेको छ। हेटौंडा-९ का एकजना बालकको मृत्युको प्रकरणलाई लिएर...
१३ साउन,हेटौंडा । मकवानपुरमा भर्खरै प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक बामदेव गौतमले जिल्लाको शान्ति...