२० कार्तिक, हेटौँडा । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले देश र आफ्नो क्षेत्रको विकासका लागि नेपाली कांग्रेसलाई जिताउनु जरुरी रहेको बताएकी छिन् ।
हेटौँडामा भएको क्षेत्र नम्बर २ को २ नम्बर प्रदेशसभाका अगुवा कार्यकर्ता भेलामा उनले पटक पटक कम्युनिष्टहरुले जितेपनि व्यक्तिगत स्वार्थमात्रै पुरा गरेको भन्दै देश र गाउँको विकास कांग्रेसबाट मात्रै सम्भव रहेको बताईन् । नेपाली कांग्रेसले पश्चिमी मकवानपुरमा थालेको विकासको अभियानलाई मतदाताको साथ रहनेमा विश्वस्त रहेको उनको भनाई थियो । तीन पटक सांसद भईसकेर पनि गाउँ नपुगेहरु बाम गठबन्धन नाममा निर्वाचन आएपछि गाउँ प्रवेश गरिरहेको भन्दै मतदाताहरुले उनीहरुलाई तिरस्कृत गर्ने दावि गरिन् ।
कार्यक्रममा बोल्दै प्रदेश सभा २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले जनताको पैसा, रगत र पसिना मागेर सत्तामा गएका कम्युनिष्टहरुले सधै धोका दिएको भन्दै जनतालाई दुःखबाट सुखमा पु¥याउन कांग्रेस लागेको बताए । उनले जनतालाई भाषणबाट भ्रमित पार्ने कम्युनिष्टहरुबाट सतर्क रहन मतदातालाई आग्रह गर्दै मकवानपुर २ नम्बर क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले नेतृत्व लिने बताए । पश्चिमी मकवानपुरलाई विकासबाट पछि पार्न यसअघि जितेकाहरुको हात रहेको भन्दै जनताले उनीहरुलाई निर्वाचनमा प्रश्न गर्नुपर्ने बानियाँको भनाई थियो ।
कार्यक्रममा लोकतान्त्रिक गठबन्धन २ नम्बर क्षेत्र निर्वाचन परिचालन समिति संयोजक रघुरमण न्यौपाने, सहसंयोजक पशुपति रिजाल, महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मी, नेपाली कांग्रेस जिल्ला सचिव बुद्ध लामा, राप्रपा नेता सिताराम वर्तौला, सन्तोष थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए । भेला नेपाली कांग्रेस क्षेत्रीय सभापति लोकबहादुर मोक्तानको अध्यक्षतामा भएको थियो ।
निर्वाचन प्रचार समिति गठन
भेलाले नेपाली कांग्रेसका क्षेत्रीय सभापति लोक मोक्तान संयोजक र राप्रपाका जिल्ला सदस्य देव लामा सहसंयोजक रहेको क्षेत्रीय प्रचार समिति गठनराक्सिराङमा नेपाली कांग्रेसका ईश्वर रुम्बा संयोजक र राप्रपाका देव लामा सहसंयोजक, मनहरीमा नेपाली कांग्रेसका भरत पराजुली संयोजक र राप्रपाका योगमाया न्यौपाने सहसंयोजक, कैलाश गाउँपालिकामा नेपाली कांग्रेसका बेलबहादुर मोक्तान र राप्रपाका रामु रिजाल सहसंयोजक र हेटौँडा ३ र १९ मा नेपाली कांग्रेसका विष्णुलाल स्यांतान संयोजक रहेको निर्वाचन प्रसार समिति गठन गरेको छ । त्यसैगरी तरुण, महिलाको उपसमिति समेत गठन गरेको प्रवक्ता प्रदिप कोइरालाले बताए ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
















-1786539267.jpg)
-1786686763.jpg)