२० कार्तिक, हेटौँडा । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले देश र आफ्नो क्षेत्रको विकासका लागि नेपाली कांग्रेसलाई जिताउनु जरुरी रहेको बताएकी छिन् ।
हेटौँडामा भएको क्षेत्र नम्बर २ को २ नम्बर प्रदेशसभाका अगुवा कार्यकर्ता भेलामा उनले पटक पटक कम्युनिष्टहरुले जितेपनि व्यक्तिगत स्वार्थमात्रै पुरा गरेको भन्दै देश र गाउँको विकास कांग्रेसबाट मात्रै सम्भव रहेको बताईन् । नेपाली कांग्रेसले पश्चिमी मकवानपुरमा थालेको विकासको अभियानलाई मतदाताको साथ रहनेमा विश्वस्त रहेको उनको भनाई थियो । तीन पटक सांसद भईसकेर पनि गाउँ नपुगेहरु बाम गठबन्धन नाममा निर्वाचन आएपछि गाउँ प्रवेश गरिरहेको भन्दै मतदाताहरुले उनीहरुलाई तिरस्कृत गर्ने दावि गरिन् ।
कार्यक्रममा बोल्दै प्रदेश सभा २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले जनताको पैसा, रगत र पसिना मागेर सत्तामा गएका कम्युनिष्टहरुले सधै धोका दिएको भन्दै जनतालाई दुःखबाट सुखमा पु¥याउन कांग्रेस लागेको बताए । उनले जनतालाई भाषणबाट भ्रमित पार्ने कम्युनिष्टहरुबाट सतर्क रहन मतदातालाई आग्रह गर्दै मकवानपुर २ नम्बर क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले नेतृत्व लिने बताए । पश्चिमी मकवानपुरलाई विकासबाट पछि पार्न यसअघि जितेकाहरुको हात रहेको भन्दै जनताले उनीहरुलाई निर्वाचनमा प्रश्न गर्नुपर्ने बानियाँको भनाई थियो ।
कार्यक्रममा लोकतान्त्रिक गठबन्धन २ नम्बर क्षेत्र निर्वाचन परिचालन समिति संयोजक रघुरमण न्यौपाने, सहसंयोजक पशुपति रिजाल, महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मी, नेपाली कांग्रेस जिल्ला सचिव बुद्ध लामा, राप्रपा नेता सिताराम वर्तौला, सन्तोष थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए । भेला नेपाली कांग्रेस क्षेत्रीय सभापति लोकबहादुर मोक्तानको अध्यक्षतामा भएको थियो ।
निर्वाचन प्रचार समिति गठन
भेलाले नेपाली कांग्रेसका क्षेत्रीय सभापति लोक मोक्तान संयोजक र राप्रपाका जिल्ला सदस्य देव लामा सहसंयोजक रहेको क्षेत्रीय प्रचार समिति गठनराक्सिराङमा नेपाली कांग्रेसका ईश्वर रुम्बा संयोजक र राप्रपाका देव लामा सहसंयोजक, मनहरीमा नेपाली कांग्रेसका भरत पराजुली संयोजक र राप्रपाका योगमाया न्यौपाने सहसंयोजक, कैलाश गाउँपालिकामा नेपाली कांग्रेसका बेलबहादुर मोक्तान र राप्रपाका रामु रिजाल सहसंयोजक र हेटौँडा ३ र १९ मा नेपाली कांग्रेसका विष्णुलाल स्यांतान संयोजक रहेको निर्वाचन प्रसार समिति गठन गरेको छ । त्यसैगरी तरुण, महिलाको उपसमिति समेत गठन गरेको प्रवक्ता प्रदिप कोइरालाले बताए ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...









-nepal-1792111426.jpg)







