Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मुग्लीन-नारायणगढ पहिरो, तत्काल खुल्ने सम्भावना छैन: ट्राफिक प्रहरी

FB_IMG_1659421438992-1659422380.jpg

भरतपुर-२९ केराबारीमा खसेको पहिरो

१७ साउन,रामनगर। विगत दुई दिन देखिको अविरल बर्षाका कारण अवरुद्ध बनेको मुग्लीन-नारायणगढ सडकखण्ड अझै खुल्न सकेको छैन। बर्षाका कारण भरतपुर-२९ केराबारी १७ किलो र इच्छाकामना-२ र ३ जोड्ने पुलमा पहिरो खस्दा यति बेलासम्म मुग्लीन-नारायणगढ सडकखण्ड अवरुद्ध नै रहेको छ।

भरतपुर-२९ केराबारीमा खसेको पहिरो निकै लामो रहेकोले आज सडकखण्ड खुल्ने सम्भावना न्युन रहेको घटनास्थलै रहेका बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले प्रष्ट खबरलाई जानकारी दिएका छन् । 
"पहिरो निकै लामो छ,दुईवटा डोजर प्रयोग गरिएको छ,माथिबाट ढुङ्गा सहितको पहिरो खस्ने क्रम रोकिएको छैन भने निरन्तर पानी परिरहेको छ,त्यसकारण तत्काल सडकखण्ड खुल्ने संभावना कम रहेको छ।"- घटनास्थलमा रहेका डिएसपी श्रीमलले भने। 
पहिरोका कारण सडकखण्ड तत्काल खुल्ने अवस्था नरहेपछि बैक्लपिक मार्ग अपनाउन वा  जहाँ छन त्यही सवारी होल्ड गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।यता पृथ्वीराजमार्ग अन्तर्गत धादिङको विभिन्न ठाउँमा पहिरो जादा राजमार्ग आंशिक संचालनमा रहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार