Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

थानकोट चन्द्रागिरी सडक: स्तरोन्नतिका लागि मन्त्रीहरु सकारात्मक

Chandragri-thankot-sadak-1659506934.jpg

१८ साउन,हेटौंडा। काठमाडौंको थानकोट चन्द्रागिरी हुदै मकवानपुरको चित्लाङ पुग्ने सडक स्तरोन्नति गर्न संघीय मन्त्रीहरु सकारात्मक भएका छन् ।

मंगलबार थाहा नगरपालिका र चन्द्रागिरी नगरपालिकाका प्रतिनिधिहरु संगको छलफलका क्रममा भौतिक पुर्बाधार बिकास मन्त्री मोहम्मद इस्तियाक राई र अर्थमन्त्री जनार्दन शर्मा सकारात्मक भएका हुन् । भौतिक पुर्बाधार बिकास मन्त्रालयका सचिब गोपाल प्रसाद सिग्देल र सडक बिभागका महानिर्देशक अर्जुन जंग थापा सहितको छलफलमा सडक बिभागले उक्त सडकको डिपिआर तयार गरेपछि सडक निर्माण र स्तरोन्नति गर्न लाग्ने बजेट सुनिश्चित गर्न दुबै मन्त्रीहरु सकारात्मक भएका हुन् ।

थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले संघीय राजधानी र प्रदेश राजधानीलाई जोड्ने सबैभन्दा छोटो मार्ग भएकोले थानकोट चन्द्रागिरि चित्लाङ सडक स्तरोन्नति गर्न अत्यावश्यक रहेको बताए। उहाँले त्रिभुवन राजपथ अन्तरगत नौबिसे थानकोट सडकको चाप कम गर्न पनि यो सडकले सहयोग गर्ने उल्लेख गरे।
थाहा नगरपालिका र चन्द्रागिरी नगरपालिकाको संयुक्त बैठकले यसै आर्थिक बर्षमा थानकोट चन्द्रागिरी चित्लाङ सडक स्तरोन्नति गर्न सबै प्रकारको प्रयस र सहयोग गर्ने निर्णय गरिएको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले बताए।भौतिक पुर्बाधार बिकास मन्त्री राईले ५० करोड भन्दा कम लागतको डिपिआर तयार भए मन्त्रालयबाट नै बजेटको ब्यवस्था गर्ने ५० करोड भन्दा बढि लागत लाग्ने भए अन्य मन्त्रालयमा सिफारिश गर्ने बताए ।

अर्थमन्त्री शर्माले भौतिक पुर्बाधार बिकास मन्त्रालयबाट आएको योजनामा बजेट बिनियोजन गर्न आफु सकारात्मक भएको बताए । अर्थमन्त्रीले बजेट भाषणमै चन्द्रागिरिबाट चितवन जोड्ने द्रुत मार्गको निर्माण गर्ने उल्लेख गरेका छन् ।मन्त्रीहरुसंगको छलफलमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्ट, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरि, माओबादी नेता रामनारायण बिडारी, बिष्णुहरी ढकाल (जंगली), नेपाली कांग्रेसका नेता जयराम लामिछाने, माओवादी केन्द्र बागमति प्रदेश सदस्य इन्द्रबहादुर श्रेष्ठ, थाहा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजकुमार बलामी,३ का वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझी लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार