Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडामा आजबाट तीनपाङ्ग्रे सवारी व्यवस्थापन गरिँदै

tinpanre1111111111111-1659573810.jpg

 १९ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आज बिहीबारबाट तीनपाङ्ग्रे सवारीलाई व्यवस्थित गर्ने भएको छ । अव्यवस्थित सञ्चालन भैरहेको तीनपाङ्ग्रे सवारीका कारण प्रदेशको राजधानी हेटौंडा कुरुप हुनुको साथै दुर्घटना समेत बढ्दै गएपछि उपमहानगरपालिकाले व्यवस्थित गर्न लागेको हो ।
बिहान साढे १० बजेबाट नगर क्षेत्रमा सञ्चालन हुने सवारीलाई स्टीकर टाँस गर्न लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरबाट स्टीकर टाँस अभियानको शुभारम्भ हुने बताइएको छ । 
हेटौंडामा मनलाग्दी सञ्चालन भैरहेको तीनपांग्रे सवारीले दुर्घटना समेत बृद्धि भैरहेको छ । उपमहानगरले आफ्नो क्षेत्रभित्र सञ्चालन अनुमति प्राप्त सवारीलाई सञ्चालन अनुमति सहितको स्टिकर प्रदान गर्न लागेको हो । 
सोमबार बसेको उपमहानगरको कार्यपालिका बैठकले हेटौंडामा सञ्चालनको परमिट लिएका तीनपाङ्ग्रे सवारी साधनलाई नगरभित्र सञ्चालन अनुमतिको स्टीकर प्रदान गर्ने निर्णय गरेको थियो । 
गत असार ३२ गते उपमेयर राजेश बानियाँको अध्यक्षतामा बसेको पार्किङ व्यवस्थापन समितिको बैठकबाट गठित दुई उपसमितिले यातायात व्यवसायी, ट्राफिक प्रहरी सहित विभिन्न सरोकारवाला संगको पटक पटकको छलफल र स्थलगत निरीक्षणबाट प्राप्त सुझावको आधारमा कार्यपालिकाले यस्तो निर्णय गरेको बताइएको छ । 
यसअघि २०७६ पुस ७ गतेको बैठकले हेटौंडा उपमहानगर क्षेत्रमा तीनपाङ्ग्रे सवारी साधन दर्ता अनुमति नदिने निर्णय गरेको थियो । उक्त मिति पछि विभिन्न पालिका तथा अन्य जिल्लामा सञ्चालन अनुमति (परमिट) लिएर हेटौंडा बजार क्षेत्रमा अनाधिकृत सञ्चालन भइरहेका तीनपाङ्ग्रे सवारी साधनलाई निषेध गर्ने गरी यो निर्णय गरिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । 
स्टीकर प्रदान गरेसंगै हेटौंडा उपमहानगर क्षेत्रमा सञ्चालन अनुमति लिएका तीनपाङ्ग्रे सवारी बाहेकलाई सञ्चालन निषेध गरिने भएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार