१९ साउन,हेटौंडा । भर्खरै बागमती प्रदेश प्रहरी प्रमुखको नेतृत्व सम्हालेकी प्रहरी नायव महानिरीक्षक(डिआइजी) किरण बज्राचार्यले प्रदेशभर शान्ति सुरक्षा मजबुत बनाउने कुरा आफु प्रतिवद्ध रहेको कुरा व्यक्त गरेकी छिन्।
बिहीबार दिउँसो प्रदेश प्रहरी कार्यालयमा मकवानपुरे पत्रकारसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश मतहतका जिल्लाको शान्ति सुरक्षा कायम गर्न स्थानीय तहसँग,स्थानीय नागरिकसँग समन्वय गरी अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेकी हुन्।
पत्रकारसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै बज्राचार्यले बढ्दो सामाजिक अपराध,लागुऔषध कारोबार,अवैध हातहतियारको प्रयोग,बलात्कार,विपद व्यवस्थापन,घरेलु हिंसा जस्ता कार्यको नियन्त्रणमा सग्रज संचारजगतको पनि आवश्यकता र समन्वय रहने हुदा यसको नियन्त्रणमा राज्यको चौथो अंगको रुपमा रहेको संचारजगतको पनि भुमिका रहने हुदा, प्रदेश प्रहरी कार्यालयलाई पत्रकार तथा संचारजगतको साथ चाहिने भन्दै सहकार्यका लागि अनुरोध गरेकी छिन्।
उनले जिल्ला भ्रमणका क्रममा हत्या,बलात्कार र आत्महत्याको घटना बढेको पाइएकोले त्यसको न्यूनीकरणका लागि स्थानीय नागरिकसँग छलफल समेत गरेको कुरा जानकारी गराइन।
"मैले प्रदेश प्रहरी प्रमुखको नेतृत्व समालिसकेपछि १० जिल्लाका प्रहरी प्रमुखलाई शान्ति सुरक्षा कायम गर्न,प्रकृतिक दोहनका घटना नियन्त्रण,हत्या अपराध न्यूनीकरणका पनि कसुर बाँकी नराख्न निर्देशन दिइसकेको छु"- डिआइजी बज्राचार्यले भनिन्।
उनले परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरीको व्यवहारमा पक्कै कमी कमजोरी रहेको स्वीकारगर्दै,प्रहरीको क्षमता अभिवृद्धि गर्ने र गलत गर्नेलाई सजाय तथा राम्रो गर्नेलाई पुरस्कारको व्यवस्था गर्ने बताइन।
त्यसैगरी कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दिपक रेग्मीले बागमती प्रदेश प्रहरी कार्यालयले गत आर्थिक बर्षको घटनाको अवस्थाका,अपराध नियन्त्रण,भन्सार छलेर ल्याएका सामान नियन्त्रणा लिएको,सवारी दुर्घटना, हत्या अपराध,बलात्कारका घटना, जजक,सामुदायिक प्रहरी साझेदारी कार्यक्रमका बारेमा पत्रकारलाई जानकारी गराएका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल,नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप बिष्ट,पत्रकार महासंघ बागमती सदस्य सुदिप शिवाकोटी,पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई,बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधु कुमार थापा लगायत सहित मकवानपुरमा क्रियाशील विभिन्न संचार गृहका पत्रकारहरुको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागि पत्रकारले जिल्ला तथा प्रदेशका अन्य जिल्लामा नेपाल प्रहरीको भुमिका र अवस्थाको बारेमा डिआइजी बज्राचार्यलाई अवगत गराएका थिए।
२७ साउन, हेटौंडा । प्रधनमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीहरुको पर्व रक्षाबन्धन, जनैपूर्णिमा...
२७ साउन, झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु...
२७ साउन, हेटौंडा । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न शहरमा आज गाइजात्रा पर्व मनाइँदै छ । गाइजात्रा विशेष गरी...
२७ साउन, हेटौंडा । आज श्रावण शुक्लपूर्णिमा अर्थात रक्षाबन्धन तथा जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदैछ ।...
२६ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५...
२६ साउन, हेटौंडा । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीवार पनि गिरावट आएको छ । बिहीवार...
२६ साउन, हेटौंडा । बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएको छ । स्वास्थ्य सेवालाई...
२६ साउन, भक्तपुर । भक्तपुरमा टहरामा लुकेर तास खेल्ने ५ जनालाई प्रहरी पक्राउ गरेको छ । भक्तपुर–९ भाने चोकमा...
२६ साउन, बारा । बाराको कलैयामा नहरको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बिहार...
१४ साउन,हेटौडा । हेटौंडामा चोरी गर्दै गरेका अवस्थामा एक युवती सहित ४ जना पक्राउ परेका छन्। शनिबार बिहान ...
२० साउन, हेटौंडा । सामान्य अर्थमा सरकारी नम्बर प्लेट अङ्कित सवारी कार्यालय समयमा र कार्यालयको काम कामजको रुपमा...
१५ साउन,हेटौंडा। हेटौडामा भर्खरै भुकम्पको धक्का महसुस गरिएको छ। आइतबार बिहान करिब ८ बजेर १५ मिनेटको समयमा...
२१ साउन,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको "सफा हेटौंडा अभियान" अन्तर्गत आज शनिबार हेटौंडा वडा नम्बर-७...
१६ साउन,हेटौंडा। वडा प्रहरीले हेटौंडा-४ चिल्ड्रेनपार्कबाट २ युवती सहित ४ जनालाई लागुऔषध कोरेक्स सहित...
२२ साउन, हेटौंडा । भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । नेपाल सरकार...
१६ साउन,हेटौंडा। आइतबार देखिको अविरल बर्षा कारण मकवानपुरका खोला तथा खहरेहरुमा पानीको सतह र बहाव बढेको छ। खोला...
२१ साउन,हेटौंडा। हेटौंडा अस्पताल यति बेला अशान्त बनेको छ। हेटौंडा-९ का एकजना बालकको मृत्युको प्रकरणलाई लिएर...
१३ साउन,हेटौंडा । मकवानपुरमा भर्खरै प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक बामदेव गौतमले जिल्लाको शान्ति...