२० साउन, हेटौंडा । हेटौंडा बजार क्षेत्रमा तीनपाङ्ग्र सवारी व्यवस्थापनका लागी बिहीबारबाट स्टीकर अभियान सञ्चानल गरिएको छ ।
अव्यवस्थित र मनलाग्दी सञ्चालित तीनपाङ्ग्रे सवारी(अटो, मयुरी)का कारण दुर्घटना बढ्नुका साथै प्रदेशको राजधानी कुरुप देखिएको भन्दै हेटौंडामा स्टीकर अभियान सुरु गरिएको हो ।
बिहीबार हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, उपयेयर राजेश बानियाँ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, बागमती प्रदेश प्रहरी प्रमुख (डीआइजी) किरण बज्राचार्यलगायतले संयुक्त स्टीकर अभियानको शुभारम्भ गरेका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको सहयोगमा उपमहानगरपालिकाले यस अभियानको थालनी गरेको हो । उपमहानगरले आफ्नो क्षेत्रभित्र सञ्चालन अनुमति प्राप्त सवारीलाई सञ्चालन अनुमति सहितको स्टिकर प्रदान गरेको हो ।
उपमेयर राजेश बानियाँको अध्यक्षतामा बसेको पार्किङ व्यवस्थापन समितिको बैठकबाट गठित दुई उपसमितिले यातायात व्यवसायी, ट्राफिक प्रहरी सहित विभिन्न सरोकारवाला निकाय संगको छलफल र निरीक्षणबाट प्राप्त सुझावको आधारमा स्टीकर अभियानको थालनी गरिएको हो ।
तीनपाङ्ग्रे सवारीको स्टीकर अभियानको शुभारम्भ कार्यक्रममा अहिलेसम्म कारबाहीमा नपरेका असल अटो चालकद्वय कृष्णप्रसाद दुलाल र इन्दिरा सापकोटालाई नगदसहित सम्मानपत्र प्रदान गरिएको छ ।
अब स्टीकर टाँसिएका तीनपाङ्ग्रे मात्रै उपमहानगरपालिका क्षेत्रमा सञ्चालन हुने पाउने भएका छन् । २०७६ पुस ७ गते भन्दा अघि हेटौंडामा सञ्चालन हुँदै आएको अटो तथा मयुरीलाई स्टीकर टाँस्ने अभियान सुरु गरिएको हो । ०७६ पुस ७ गतेबाट उपमहानगरपालिकामा तीनपाङ्ग्रे सवारी दर्ता बन्द गरिएको थियो ।
१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...
१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...
१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...
१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...
१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...
१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ । निर्वाचन...
१३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...