होटल अगाडी भेटिएको सरकारी दुई पाङ्ग्रे
२० साउन, हेटौंडा । सामान्य अर्थमा सरकारी नम्बर प्लेट अङ्कित सवारी कार्यालय समयमा र कार्यालयको काम कामजको रुपमा प्रयोग गर्न सरकारी कर्मचारीलाई प्रदान गरिएको हुन्छ । उक्त सवारी कार्यालय समय भन्दा बाहेक वा सार्वजनिक बिदाको दिन प्रयोग गर्न स्थानीय प्रशासनसँग अनुमति लिनुपर्छ ।
ति सवारी तोकिएको प्रयोजनमा नभएर व्यक्तिगत प्रयोग, घुम्नु र ताल परै मनोरञ्जन गर्न प्रयोग हुदै आएको देखिएको छ। त्यस्तै बिहीबार साँझ दुईवटा सरकारी नम्बर प्लेटका सवारी जसमा एउटा मोटरसाइकल र अर्को स्कुटर दुरुपयोग भएको भेटिएको छ । ति सवारी राष्ट्रका सेवक कर्मचारीबाट मादक पदार्थ सेवन गर्नका लागि प्रयोग गरेको पाइएको छ ।
शुक्रबार बाहेको कार्यालय समय बिहान १० बजेबाट ५ बजेसम्म हो। बिहीबार राती कार्यालय समय सकिएको ३ घण्टापछी करिब ८ बजेको समयमा हेटौंडा-४ स्थित लाङ्घाली होटलमा उक्त सवारी रोकेर सरकारी कर्मचारी मज्जाले मादक पदार्थ सेवन गरिरहेको अवस्थामा स्थानीय युवाहरूको एक समूहले फेला पारेपछि यो घटना सार्वजनिक भएको हो ।
बागमती प्रदेश-३ -००१ ब १८८ नम्बरको निलो रङ्को पल्सर मोटरसाइकल र बागमती प्रदेश-०३- ००१ ब २३१ नम्बरको रातो कालो रङ्को स्कुटर उक्त होटल आगाडी नियन्त्रणमा लिएर प्रहरीलाई जम्मा लगाइएको स्थानीय युवा दिपक सञ्जेलले बताए ।
सञ्जेलले हामीले उक्त सवारी धेरै समय होटल अगाडी रोकिएको देखेपछि बुझ्दा,भित्र होटलमा रक्सी खाइरहेको पायौ, हल्ला खल्ला भएपछि उक्त सवारी चड्ने एकजना सरकारी कर्मचारी मोटरसाइकल छोडेर भागेको र अर्का स्कुटर चालक मादक पदार्थ सेवन गररे भाग्न खोज्दा प्रहरीलाई जिम्मा लगाइएको बताएका छन ।
यस विषयमा मकवानपुरका प्रजिअ राजेन्द्र देव पाण्डेलाई बुझ्दा उक्त कार्य गर्नेलाई कारवाही हुने र अन्य सकारी कर्मचारीले कार्यालय समय र तोकिएको काम बाहेको समयमा गलत प्रयोजनले सरकारी सवारी दुरुपयोग गर्ने कारवाही हुने बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सबै सरकारी निकायलाई केही दिन अघि निर्देशन दिदै तोकिएको भन्दा बाहेकका कर्मचारीलाई सरकारी साधन र इन्धन उपलब्ध नगराउन भनेका थिए ।
२७ साउन, हेटौंडा । प्रधनमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीहरुको पर्व रक्षाबन्धन, जनैपूर्णिमा...
२७ साउन, झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु...
२७ साउन, हेटौंडा । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न शहरमा आज गाइजात्रा पर्व मनाइँदै छ । गाइजात्रा विशेष गरी...
२७ साउन, हेटौंडा । आज श्रावण शुक्लपूर्णिमा अर्थात रक्षाबन्धन तथा जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदैछ ।...
२६ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५...
२६ साउन, हेटौंडा । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीवार पनि गिरावट आएको छ । बिहीवार...
२६ साउन, हेटौंडा । बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएको छ । स्वास्थ्य सेवालाई...
२६ साउन, भक्तपुर । भक्तपुरमा टहरामा लुकेर तास खेल्ने ५ जनालाई प्रहरी पक्राउ गरेको छ । भक्तपुर–९ भाने चोकमा...
२६ साउन, बारा । बाराको कलैयामा नहरको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बिहार...
१४ साउन,हेटौडा । हेटौंडामा चोरी गर्दै गरेका अवस्थामा एक युवती सहित ४ जना पक्राउ परेका छन्। शनिबार बिहान ...
२० साउन, हेटौंडा । सामान्य अर्थमा सरकारी नम्बर प्लेट अङ्कित सवारी कार्यालय समयमा र कार्यालयको काम कामजको रुपमा...
१५ साउन,हेटौंडा। हेटौडामा भर्खरै भुकम्पको धक्का महसुस गरिएको छ। आइतबार बिहान करिब ८ बजेर १५ मिनेटको समयमा...
२१ साउन,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको "सफा हेटौंडा अभियान" अन्तर्गत आज शनिबार हेटौंडा वडा नम्बर-७...
१६ साउन,हेटौंडा। वडा प्रहरीले हेटौंडा-४ चिल्ड्रेनपार्कबाट २ युवती सहित ४ जनालाई लागुऔषध कोरेक्स सहित...
२२ साउन, हेटौंडा । भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । नेपाल सरकार...
१६ साउन,हेटौंडा। आइतबार देखिको अविरल बर्षा कारण मकवानपुरका खोला तथा खहरेहरुमा पानीको सतह र बहाव बढेको छ। खोला...
२१ साउन,हेटौंडा। हेटौंडा अस्पताल यति बेला अशान्त बनेको छ। हेटौंडा-९ का एकजना बालकको मृत्युको प्रकरणलाई लिएर...
१३ साउन,हेटौंडा । मकवानपुरमा भर्खरै प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक बामदेव गौतमले जिल्लाको शान्ति...