Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

चुच्चेखोला वनले हेटौंडा र मकवानपुरगढीका जनप्रतिनिधिलाई स्वागत तथा सम्मान

GridArt_20220806_10272303-1659761465.jpg

२१ साउन,हेटौंडा। हेटौंडा-१७ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले स्थानीय तह सदस्य निर्वाचन-२०७९ मा निर्वाचित हेटौंडा उपमहानगरपालिका तथा मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको छ। 
शनिबार वन समूहको स्वामित्वमा रहेको सालक पार्कमा एक कार्यक्रमको आयोजन गर्दै भर्खरै सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट नवनिर्वाचित दुई वटा स्थानीय तहका जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको हो।

चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अर्जुनप्रसाद दाहालको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा 
वागमती प्रदेशका वननिर्देशक विद्यानाथ झा को प्रमुख आतिथ्यता रहेको थियो। 
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामा,मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, हेटौंडा-१७ का वडाध्यक्ष उद्धव सत्याल, मकवानपुरगढी -३ का वडाध्यक्ष भागवत घिमिरे,वडा नम्बर-२ का वडाध्यक्ष बखान सिं पाख्रिन,हेटौंडा उपमहानगर कार्यपालिका सदस्य अर्जुन बहादुर राई, मकवानपुरगढी गाउ कार्यपालिका सदस्य पातली माया गोले,गढी २ का वडासदस्य  राम प्रसाद चौरेल,हेटौंडा-१७ का वडासदस्य नवराज न्यौपाने, १७ कै वडासदस्य लेख कुमारी तिमल्सिना लगायतलाई स्वागत तथा सम्मान गरिएको थियो। 

कार्यक्रममा मकवानपुरगढीका अध्यक्ष दोर्जे लामा स्याङ्तान,हेटौंडाकी नगर प्रमुख मिना कुमारी लामा,वनका संस्थापन अध्यक्ष रुद्रनाथ न्यौपाने, पर्व अध्यक्ष देव प्रसाद घिमिरे,सहायक वनअधिकृत गोविन्द अर्याल,जेडएसएलका प्रतिनिधि राजन केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए।

चुच्चेखोला सामुदायिक वन मकवानपुरकै पहिलो दर्ता भएको सामुदायिक वन उपभोक्ता समूह हो। हेटौंडा उपमहानगरपालीका वडा नम्बर ६,१७ मकवानपुरगढी वडानम्बर २ र ३ सिमानासम्म कायम रहेको वन २३८.९ हेक्टर क्षेत्रफलमा फैलिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार