Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

क्रियटिभ मिडियाको चौथो अवार्ड बाकुमा आयोजना हुने

298098580_102218791877935-1659963514.jpg

२३ साउन, हेटौंडा । हेटौंडाको क्रियटिभ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले बाकुमा चौथो अन्तर्राष्ट्रिय सामाजिक अवार्डको आयोजना गर्ने भएको छ । आयोजकले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै अवार्डको बिषयमा जानकारी दिएको हो । 
अवार्डमा मकवानपुरेसहित २५ जनाले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नेछन् । यसअघि सन्देश इन्टरनेशनल अवार्डको नाममा प्रदान गरिँदै आएकोमा यस बर्ष अन्तर्राष्ट्रिय सामाजिक अवार्ड बनाइएको छ । 
अवार्डका विधा र प्रकृति उस्तै रहेपनि अझै वृहत र धेरै विधा समेट्ने उद्देश्यले नाम र आयोजक परिवर्तन गरिएको क्रियटिभ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष सुनिल खड्काले जानकारी दिए । भदौ २७ गतेदेखी असोज ३ गतेसम्म अजरवैजान (बाकु) र दुवई भ्रमण तथा अवार्ड कार्यक्रम गरिने उनले बताए । 
मुख्य कार्यक्रम भने भदौ २९ गते अजरवैजानको राजधानी बाकुमा हुनेछ । आयोजक संस्था सञ्चार, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा काम गरिरहेको संस्था भएको बताइएको छ । विगतका बर्षहरु झैं यसबर्ष पनि विभिन्न क्षेत्रमा कृयाशिल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरिने बताइएको छ । 
कार्यक्रममा नेपालसंगै युरोप, जापान, अमेरिका, थाइल्याण्ड, कतार, मलेसिया, सिंगापुर, चाइना लगायतका मुलुकबाट सहभागिता हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा अजरवैजान र दुबईको विभिन्न संघसंस्था, सामाजिक व्यक्तित्व एवम् उद्योगी व्यवसायी गरी करिब २ सय जनाको सहभागिता हुनेछ । 
विभिन्न २५ विधामामा २५ जनालाई चौथो अन्तर्राष्ट्रिय सामाजिक अवार्ड गरिनेछ । अनलाइन गुगल फारम भरेर पनि अवार्ड कार्यक्रममा सहभागी हुन सकिने र अनलाइन मार्फत आएका आवेदन अध्ययन गरेर अवार्ड प्रदान गरिने निर्णायक ज्ञानेन्द्र बर्तौलाले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

नेपाल प्रहरीका ४ एसएसपी डिआइजी बढुवामा सिफारिस
Nepal-Police_DIG-1715996616.jpg

५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस  भएका...

हेटौंडा ६ पिस पार्कमा वन मन्त्रीद्वारा सालकको प्रतिमा अनावरण
FB_IMG_1715960190575-1715960378.jpg

४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...

कांग्रेस बकैयाको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240517_21013-1715959206.jpg

४ जेठ, हेटौंडा । नेपाली कांग्रेस बकैया गाउँपालिकाले शुक्रबार बकैयाको हात्तिसुँढेमा क्रियाशिल नविकरण तथा...

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगन
Screenshot_20240412_15562-1715946503.jpg

४ जेठ,हेटौंडा। प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । बैठक जेठ ६ गते आइतबार...

राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

थप समाचार