Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

बिहारका मुख्यमन्त्री नितिश कुमारको आज पुन: शपथ लिदै

navbharat-times-1660102343.jpg

२५ साउन,एजेन्सी। बिहारका मुख्यमन्त्री नितिश कुमारले आज पुनः मुख्यमन्त्रीको शपथ लिने भएका छन्। 

भारतीय सञ्चार माध्यमका अनुसार उनले दिउँसो २ बजे मुख्यमन्त्रीको सपथ लिने कार्यक्रम रहेको छ। भाजपा गठबन्धनबाट अलग भएको घोषणा गर्दै उनले मंगलबार पदबाट राजीनामा दिएका थिए।

भारतीय जनता पार्टी (भाजपा) सँग सत्ता गठबन्धन तोडेका जनता दल (युनाइटेड) का नेता नितिश कुमारले बिहारमा आफ्नो प्रमुख प्रतिद्वन्द्वी पार्टी राष्ट्रिय जनता दल (आरजेडी) सँग मिलेर नयाँ सरकार बनाउने दाबी पेस गरेका हुन्।
उनले तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दलसहित सात दलहरूसँग मिलेर नयाँ सरकार बनाउने दाबी पेस गरेका थिए। भारतीय सञ्चारमाध्यम स्क्रोल इनका अनुसार यी सात दलको साझेदारीले दुई सय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ।

विगत नौ वर्षमा दोस्रो पटक नितिश भाजपा गठबन्धनबाट बाहिरिएका हुन्। आफ्ना पार्टीका सांसदहरुसँगको छलफलपछि गठबन्धनबाट बाहिरिने निर्णय गरेको उनले बताएका छन्।आजै तेजस्वी यादवले पनि उपमुख्यमन्त्रीको रूपमा सपथ लिनेछन्।

सेतोपाटीबाट साभार 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

थप समाचार