Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

निर्वाचन तोकिएको समयमै हुन्छः मन्त्री पौडेल

298423182_595340475450258-1660132125.jpg

२५ साउन, हेटौंडा । शिक्षा बिज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले आगामी मंसिर ४ मा तय गरिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण, हुने बताएका छन् । 
नेकपा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर समन्वय समिति मकवानपुरको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै शिक्षा मन्त्री पौडेलले तोकिएको समयमै निर्वाचन हुने कुरामा ढुक्क हुन आग्रह गरे । उनले चुनाव कल्ले जित्छ वा हार्छ भन्दा पनि प्रणाली स्थापित गर्ने कुरा महत्वपूर्ण भएको बताए ।
लोकतन्त्र र संविधानको रक्षाको लागी बनेको गठबन्धनले निर्वाचनमा मात्र नभई आगामी दिनमा स्थायी सरकार निर्माण र स्थिरताका लागी पनि निरन्तरता पाउँने मन्त्री पौडेलले दावी गरे । 
उनले अब एमालेसँग एकता संभव नरहेको दावी गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागी एकजुट भएका कम्युनिष्ट पार्टीहरुबीच समाजवादी केन्द्र बनाउने बिषयमा भने छलफल भइरहेको जानकारी पनि दिए । आगामी चुनावबाट माओवादी केन्द्रलाई बामपंथीको पहिलो पार्टी बनाउने लक्ष्य रहेको पनी उनले उल्लेख गरे । 
यस्तै मन्त्री पौडेलले पत्रकार सम्मेलनमा यस बर्ष थप दुई विश्वविद्यालय थपिने जानकारी दिए । उनले शिक्षालाई सिपसंग जोड्दै रोजगारी सिर्जनामा जोड दिइने बताए । सामुदायीक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागी अबको तीन बर्ष भित्र विद्यालयहरुको भौतिक पूर्वाधार विकासमा जोड दिने बताए ।
प्रेस सेन्टर समन्वय समिति मकवानपुरका उपाध्यक्ष राजकुमार केसीको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बागमती प्रदेशका सामाजीक विकास मन्त्री कुमारी मोक्तान, माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, बागमती प्रदेश उपाध्यक्ष एव प्रदेस सांसद प्रेमबहादुर पुलामी लगाएतको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

थप समाचार