Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

टोल समन्वय समिति हेटौंडा ६ को साधारणसभा सम्पन्न, निर्वाचन भदौं १ गते

FB_IMG_1660401727558-1660402094.jpg

२८ साउन,हेटौंडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ६ को तेस्रो साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ।टोल समन्वय समितिका अध्यक्ष केशव धितालको अध्यक्षता तथा हेटौंडा ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अध्यक्ष धितालले ३ वर्षदेखी टोल समन्वय समितिले वडाभित्र गरेका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा वडा अध्यक्ष दाहालले टोल सुधार गर्नको लागि टोल विकास संस्थाहरुको भूमिका महत्वपूणर् रहने बताए ।टोल विकास संस्थाहरुको प्रत्यक्ष सहकार्यमा वडाले आगामी दिनमा पनि विकासका कामहरु गर्ने उनले बताए ।कार्यक्रममा टोल विकास संस्था नगर समतिका अध्यक्ष ध्रुव अधिकारीले टोल समन्वय समिति हेटौंडा ६ ले नगरभरीमै उत्कृष्ट काम गरेको बताए ।कोरोना महामारीको समयमा ६ नम्बर समन्वय समितिले गरेको काम नगरमा नै उदाहरणीय रहेको उनले बताए । कार्यक्रममा भूमि आयोग मकवानपुरका विज्ञ सदस्य एवम् हेटौंडा ६ का पूर्व अध्यक्ष अर्जुनप्रसाद चौलागाईले आफूले अध्यक्ष भइरहँदा पनि टोल विकास संस्थाहरुलाई प्रत्यक्ष रुपमा सहभागी गराएर विकास निर्माणका कामहरु गरेको बताए।कार्यक्रममा हेटौंडा ६ का वडा सदस्य विजय पौडेल,लेखराज ढकाल, सरिता सापकोटा ,टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष धुव्र अधिकारी,महासचिव शिवहरी दाहाल,कोषाध्यक्ष पुण्यवती पनेरु,कांग्रेस का ६ नम्बर वडा सभापति रामहरी तिमल्सिना,नेकपा एमाले ६ नम्बर इन्चार्ज ईन्द्र प्रसाद खतिवडा,नेकपा एसका ६ नम्बर इन्चार्ज देवराज गौतम,जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल,चौघडा सहकारीका कार्यवाहक अध्यक्ष विजय कुमार श्रेष्ठ,नारायणी दुग्ध उत्पादक सहकारी अध्यक्ष रिपु प्रसाद गौतम कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका व्यवस्थापक भिमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
अधिवेशनको क्रममा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछी भाद्र १ गतेको लागि निर्वाचनको मिति तय भएको छ । निर्वाचन सम्पन्न गराउन नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल संयोजक रहने गरी ३ सदस्यीय निर्वाचन समिति समेत गठन भएको छ ।निर्वाचन समितिको सदस्यमा टोल विकास संस्था नगर समन्वय समितिका कोषाध्यक्ष चन्द्रवती पनेरु र सञ्चारकर्मी सुनिल शिवाकोटी रहेका छन् । ६ नम्बर वडामा २३ वटा टोल विकास संस्थाहरु रहेका छन् । प्रत्येक टोल विकास संस्थाबाट एक महिला सहित ३ जना प्रतिनिधिहरु निर्वाचनमा सहभागी हुनेछन् । ६९ जना टोल विकास संस्थाका प्रतिनिधि र ११ जनाको टोल समन्वय समितिको कार्यसमिति गरी ८० जनाले निर्वाचन प्रकृयामा सहभागिता जनाउने छन् ।

FB_IMG_1660402107905-1660402173.jpg

निर्वाचन कार्य तालिका


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

नेपाल प्रहरीका ४ एसएसपी डिआइजी बढुवामा सिफारिस
Nepal-Police_DIG-1715996616.jpg

५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस  भएका...

हेटौंडा ६ पिस पार्कमा वन मन्त्रीद्वारा सालकको प्रतिमा अनावरण
FB_IMG_1715960190575-1715960378.jpg

४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...

कांग्रेस बकैयाको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240517_21013-1715959206.jpg

४ जेठ, हेटौंडा । नेपाली कांग्रेस बकैया गाउँपालिकाले शुक्रबार बकैयाको हात्तिसुँढेमा क्रियाशिल नविकरण तथा...

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगन
Screenshot_20240412_15562-1715946503.jpg

४ जेठ,हेटौंडा। प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । बैठक जेठ ६ गते आइतबार...

थप समाचार