Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

भैरवडाँडा क्षेत्रलाई पर्यटन प्रबद्धन गरिनेः उपाध्याय      

 एकसय पचास जना काँग्रेसमा प्रवेश    

bhairabadada-1510133022.jpg

 २२ कार्तिक ,हेटौँडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले हेटौँडा १० बाट भैरवडाँडा जोड्न केवुलकार निर्माणको लागि पहल गर्दै पर्यटकीय सम्भावना रहेको भैरवडाँडा लगायतका क्षेत्रको पर्यटन प्रबद्धन गर्ने बताएकि छिन ।

नेपाली काँग्रेस हेटौँडा उपमहानगर १ नम्बर वडा समितिको आयोजनामा आज भैरवडाँडामा भएको पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा बोल्दै उपाध्यायले यसो बताएकि हुन । कार्यक्रममा बोल्दै उपाध्यायले कम्युनिष्टहरुको पटक पटकको आन्दोलनका कारण औद्योगिक क्षेत्र धराशायी बनाएको बताउदै औद्योगिक क्षेत्रको विकासलाई मध्यनजर गर्दे हेटौँडालाई प्रदेश नम्बर ३ को अस्थायी राजधानीलाई स्थायीरुपमा राजधानी बनाउने प्रतिबद्धता ब्यक्त गरिन ।  

कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार यतिराज सापकोटाले भैरवडाँडामा खानेपानी, सडकलगायतका पूर्वाधार निर्माणमा सहयोग गर्ने बताउँदै युवाहरु विदेश पलायन हुने क्रम रोक्न काँग्रेसले देशभित्र रोजगारीको अवसर सिर्जन गर्ने बताए ।

हेटौँडा उपमहानगर १ नम्बर वडाका सभापति हरिकृष्ण महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुली, प्रचार समितिका सदस्य होमनाथ गौतम, कमल लामा, अश्विन देबकोटालगायतले बोलेका थिए ।
कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका एकसय ५० भन्दा बढी कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रममा काँग्रेसमा लामो समयदेखि सक्रिय होमनाथ सापकोटा, बासुदेव सापकोटा र हरिशरण सोपकोटालाई सम्मान गरिएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार