Email :- prastakhabar@gmail.com
समाज

घुससहित पक्राउ गरेको भनिएका भीमफेदीका प्रहरीले पाए सफाई

Police-1660463255.jpg

फाइल तस्बिर

२९ साउन, हेटौंडा । घुससहित पक्राउ गरेको भनिएका भीमफेदीका एक प्रहरी निरीक्षकले सफाई पाएका छन् । इलाका प्रहरी कार्यालय भीमफेदीका तत्कालिन प्रहरी निरीक्षक रामबालक रायले सफाइ पाएका हुन् । विशेष अदालतका न्यायाधीशद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्कोटाको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो ।
इलाका प्रहरी कार्यालय भीमफेदी, मकवानपुरमा कार्यरत रहँदा प्रदेश प्रहरी कार्यालयकै टोलीले २०७७ साल असार ६ गते उनलाई घुससहित पक्राउ गरेको जनाईएको थियो । टिपर व्यवसायीसँग घुस माग्दै दुःख दिएको भन्ने उजुरीका आधारमा प्रदेश कार्यालयले उनलाई रंगेहात पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको थियो । सूचनाका आधारमा बागमती प्रदेश प्रहरी कार्यालयका तत्कालिन डिआइजी बसन्त लामाको निर्देशनमा उनी पक्राउ परेका थिए ।
भीमफेदीको सगरमाथा होटेलमा स्थानीय व्यवसायी दुर्गा लामासँग १२ हजार घुस लिएलगत्तै उनी पक्राउ परेका थिए । अख्तियारले २३ असार ०७७ मा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्




Photo-1661245180.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
हेटौंडा-१८ मा अटोको ठक्करबाट युवती बेहोस
20200927_084436-1664472660.jpg

१३ असोज,हेटौंडा। बिहीबार साँझ धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा-१८ बड्कुलेमा अटोको ठक्करबाट एक पैदल यात्री...

मनिलाको एमाले 'इन्ट्री'ले मकवानपुरको मनहरीमा एमाले परित्याग गर्नेको लहर
Screenshot_20220929-10522-1664428217.jpg

१३ असोज,हेटौंडा। मनहरी गाउँपालिकामा नेकपा एमालेको सिङ्गो वडा कमिटीले एमाले परित्याग गरेको २४ घण्टा नवित्दै पुन...

हेटौंडा उपमहानगर द्वारा ५ जनालाई ह्वीलचियर सहयोग
Screenshot_20220929-07210-1664415542.jpg

१३असोज,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले शारिरीक अशक्त भइ हिँडडुलमा समस्या व्यर्होदै आएका पाँच व्यक्तिलाई ...

ब्याटिङ वरीयतामा दीपेन्द्र ऐरीको सुधार 
dipendra-singh-yeri-768x4-1664411211.jpg

१३ असोज, हेटौंडा । आईसीसी ब्याटिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीको...

बडादशैंको चौथो दिनः कुष्माण्डादेवीको पूजा गरिंदै
mata-kushmanda-1569979268-1664410741.jpg

१३ असोज, हेटौंडा । बडादशैं अन्तर्गत नवरात्रीको चौथो दिन आज कुष्माण्डादेवीको पूजा गरिदै छ । कुष्माण्डा मातालाई...

हेटौंडा-१९ मा सवारी दुर्घटना,एक परिवारका ५ सहित ६ घाइते
20200927_084436-1664379992.jpg

१२ असोज,हेटौंडा। मकवानपुरको हेटौंडा-१९ मा अटो र मोटरसाइकल दुर्घटनामा परेको छ। बुधबार साँझ पुर्वपश्चिम राजमार्ग...

अख्तियार हेटौंडाले बुझायो वागमती प्रदेश प्रमुखलाई प्रतिवेदन
IMG_20220928_130942-1664377516.jpg

१२असोज,हेटौंडा ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई आर्थिक...

हेटौंडा-७ स्तरीय खसी कप भिआइपीलाई

१२ असोज,हेटौंडा। हेटौंडा-७ नागस्वतीमा जारी ७ नम्बर टोल स्तरीय खसी कपको उपाधि नव ज्योती (भिआइपी) टोलले हात पारेको...

मनिला बिष्ट एमालेमा फर्किएपछि,मनहरीमा वडा कमिटीद्वारा एमाले परित्याग
एमाले-परि-1664370619.jpg

१२ असोज,हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एमाले मकवानपुर जिल्ला सदस्य सहित सिङ्गो वडा कमिटी सदस्यले...

थप समाचार