२२ कार्तिक, हेटौँडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा क्षेत्र नम्बर २ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले बर्षौ हराएका नेताहरु जनता झुक्याउन फेरि गाउँ पसेको भन्दै सचेत रहन मतदाताहरुलाई आग्रह गरेकी छिन् ।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ क्षेत्रीय प्रचार कार्यालयको मनहरीमा उद्घाटन गर्दै नेतृ डिनाले जनतामाझ १५ बर्षदेखि नपुगेका नेता अहिले भ्रमको खेति गरेर भोट बटुल्न आएको भन्दै जनताले यस्ता उम्मेदवारबाट सचेत हुनुपर्ने बताएकी हुन् । बामगठबन्धनको नाममा भ्रमको खेति शुरु भएको भन्दै विकासका लागि लोकतान्त्रिक गठबन्धन रोज्नुको विकल्प जनतामा नरहेको उनको भनाई छ । स्वतन्त्रतासहितको लोकतान्त्रिक व्यवस्था समाप्त गरि तानाशाही व्यवस्था ल्याउने अभिष्ट बाम गठबन्धनको भएको भन्दै यसलाई नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले पुरा हुन नदिने बताईन् ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रतिनिधिसभा २ को प्रदेशसभा २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले १८ बर्ष हराएका ‘पर्यटक उम्मेदवार’ बोकेर त्यस क्षेत्रका निवर्तमान सांसद गाउँ डुलिरहेको भन्दै उनीहरुलाई बर्षौ कहाँ गएका थियौं भनेर जनताले प्रश्न गर्नुपर्ने बताए । आफु मकवानपुरको सबै क्षेत्रमा उत्तिकै भिजेको बताउँदै उनले भाषणबाट नभई कामबाट जनताको मन जित्ने दावि गरे । मकवानपुर क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनको जीत सुनिश्चित भएको भन्दै बानियाँले मकवानपुर क्षेत्र नम्बर २ को विकास गर्नका लागि आफु आएकाले जित्ने दावि गरे ।
नेपाली कांग्रेस क्षेत्रीय सभापति लोकबहादुर मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा राप्रपा क्षेत्रीय अध्यक्ष एवं निर्वाचन परिचालन समितिका सहसंयोजक गोविन्द रिजाल, नेपाली कांग्रेस मकवानपुर सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, जिल्ला सदस्यहरु भीमसेन महत, भरत पराजुली, मनहरी गाउँपालिका चुनाव परिचालन समिति संयोजक भरत पराजुली, महासमिति सदस्य रञ्जन कालाखेति, नगर सभापति आनन्दराम पराजुली, नेपाल महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, राप्रपाका कृष्णहरी थिङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा एमाले संगठित सदस्य खड्गबहादुर मोक्तान, माओवादीका नेता खेमराज थिङको नेतृत्वमा २० जना विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







