२२ कार्तिक, हेटौँडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा क्षेत्र नम्बर २ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले बर्षौ हराएका नेताहरु जनता झुक्याउन फेरि गाउँ पसेको भन्दै सचेत रहन मतदाताहरुलाई आग्रह गरेकी छिन् ।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ क्षेत्रीय प्रचार कार्यालयको मनहरीमा उद्घाटन गर्दै नेतृ डिनाले जनतामाझ १५ बर्षदेखि नपुगेका नेता अहिले भ्रमको खेति गरेर भोट बटुल्न आएको भन्दै जनताले यस्ता उम्मेदवारबाट सचेत हुनुपर्ने बताएकी हुन् । बामगठबन्धनको नाममा भ्रमको खेति शुरु भएको भन्दै विकासका लागि लोकतान्त्रिक गठबन्धन रोज्नुको विकल्प जनतामा नरहेको उनको भनाई छ । स्वतन्त्रतासहितको लोकतान्त्रिक व्यवस्था समाप्त गरि तानाशाही व्यवस्था ल्याउने अभिष्ट बाम गठबन्धनको भएको भन्दै यसलाई नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले पुरा हुन नदिने बताईन् ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रतिनिधिसभा २ को प्रदेशसभा २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले १८ बर्ष हराएका ‘पर्यटक उम्मेदवार’ बोकेर त्यस क्षेत्रका निवर्तमान सांसद गाउँ डुलिरहेको भन्दै उनीहरुलाई बर्षौ कहाँ गएका थियौं भनेर जनताले प्रश्न गर्नुपर्ने बताए । आफु मकवानपुरको सबै क्षेत्रमा उत्तिकै भिजेको बताउँदै उनले भाषणबाट नभई कामबाट जनताको मन जित्ने दावि गरे । मकवानपुर क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनको जीत सुनिश्चित भएको भन्दै बानियाँले मकवानपुर क्षेत्र नम्बर २ को विकास गर्नका लागि आफु आएकाले जित्ने दावि गरे ।
नेपाली कांग्रेस क्षेत्रीय सभापति लोकबहादुर मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा राप्रपा क्षेत्रीय अध्यक्ष एवं निर्वाचन परिचालन समितिका सहसंयोजक गोविन्द रिजाल, नेपाली कांग्रेस मकवानपुर सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, जिल्ला सदस्यहरु भीमसेन महत, भरत पराजुली, मनहरी गाउँपालिका चुनाव परिचालन समिति संयोजक भरत पराजुली, महासमिति सदस्य रञ्जन कालाखेति, नगर सभापति आनन्दराम पराजुली, नेपाल महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, राप्रपाका कृष्णहरी थिङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा एमाले संगठित सदस्य खड्गबहादुर मोक्तान, माओवादीका नेता खेमराज थिङको नेतृत्वमा २० जना विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)