Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

महिला संघ मकवानपुरको आयोजनामा शनिवार तीज कार्यक्रम हुने

teej-1660915543.jpg

file photo

३ भदौं, हेटौंड । नेपाली कांग्रेस भातृ संस्था नेपाल महिला संघ मकवानपुरको आयोजनामा भोली शनिवार तीज विशेष कार्यक्रमको आयोजना हुने भएको छ । 
महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम गर्न लागेको महिला संघ मकवानपुरका सचिव निलम देवकोटाले जानकारी दिइन् । नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’को प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा सहभागी हुन महिला संघले खुला आव्हान गरेको सचिव देवकोटाले बताइन् ।
‘गत बर्षहरुमा झैं यस बर्ष पनि महिला संघले तीज विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ’, महिला संघ मकवानपुर अध्यक्ष लक्ष्मी श्रेष्ठले भनिन्, ‘महिला दिदीबहिनीको बीचमा शुभकामना आदानप्रदान गर्दै संस्कृतिको जगेर्ना र रमाईलो गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो ।’
बिहान ११ बजे हुने कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमको आयोजना समेत हुने अध्यक्ष श्रेष्ठले बताइन् । कार्यक्रममा एक हजार जना भन्दा बढीको सहभागिता हुने आयोजकले अनुमान गरेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

थप समाचार