Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

तीजलाई महिला अधिकारको लडाईको रुपमा लिऔंः सह-महामन्त्री डीना

299736835_329780524710935-1661000155.jpg

४ भदौं, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सह महामन्त्री महालक्ष्मी उपाध्याय डीनाले तीजलाई महिलाहरुको पिर बेदना पोख्ने र पर्वको रुपमा भन्दा पनि अधिकारको लडाईको रुपमा लिनुपर्ने बताएकी छन् । 
नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ मकवानपुरको आयोजनामा शनिवार भएको तीज विशेष कार्यक्रममा बोल्दै सह महामन्त्री डीनाले तीजलाई पिर बेदना पोख्ने, तडकभडक र देखासिखी भन्दा पनि महिला हक अधिकार प्राप्तिको लागी उर्जाको रुपमा प्रयोग गर्नुपर्ने बताएकी हुन् । 
राजनितिक क्षेत्रमा महिलाहरुले प्राप्त गरेको ३३ प्रतिशतको अधिकारलाई ५० प्रतिशत पु¥याउँनुपर्ने बेला आएको उल्लेख गर्दै उनले आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष तर्फ महिलाहरुका लागी ५० प्रतिशत सिट पक्का गर्न आफुहरुले पहल गरिरहेको बताइन् । 
सह महामन्त्री डीनाले ५० प्रतिशतमा सत्प्रतिशत महिला उम्मेदवार निर्वाचित हुनेगरि महिलाहरुको लागी सिट बाडफाड गरिनुपर्ने बताइन् । उनले यसका लागी आफुहरुले प्रमुख राजनितिक दलका शिर्ष तहमा कुरा राखिसकेको बताउँदै महिलाहरुले अवसर पाए देशको मुहार फेरिने दावी पनि गरिन् । 
नेपाल महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सह–सचिव इन्दिरा न्यौपाने, जिल्ला सदस्य तारा राई, नेपाली कांग्रेस हेटौंडा उपमहानगर सभापति उत्सव इटेनी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश वानियाँ लगाएतले मन्तव्य व्यक्त गरेका थिए । 
महिला संघकी सचिव निलम देवकोटाले सहजीकरण गरेको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका नेता तथा कार्यकर्ताका साथै विभिन्न भातृ तथा सुभेच्छु संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार