२३ कार्तिक,हेटौंडा । नेपाली काँग्रेस पार्टी सभापति एवं प्रतिनिधिसभा २ को ख का प्रदेश उम्मेदवार ईन्द्रबहादुर बानियाँले बाम गठबन्धन खोक्रो आश्वासन लिएर भोट माग्न आईरहेका हुँदा उनीहरुको आश्वासनमा विश्वास नगर्न आग्रह गरेका छन ।
नेपाली काँग्रेस र राप्रपा सम्मिलित लोकतान्त्रिक गठबन्धनको मकवानपुर क्षेत्र नम्बर २ स्थित मनहरी गाउँपालिकाको ४ स्थानमा बिहिबार निर्वाचन प्रचारप्रसार कार्यालय उद्धघाटनको क्रममा बाँनियाले यसो बताएका हुन । कार्यक्रमका प्रमूख अथिति रहेका उम्मेदवार बानियाँले काँग्रेस बोलेको पूरा गर्ने पार्टी भएको र त्यो ५५ वर्ष पहिलोपटक काँग्रेसले जित्दा विकासमा कति अगाडी छ भन्ने कुरा क्षेत्र नम्बर १ मा जनताले देखिसकेको र त्यस्तै विकासको मूल फुटाउन ईन्द्र बानियाँ यता आएको भन्दै त्यसको लागि काँग्रेसलाई जिताउन मतदातालाई आग्रह गरे ।
आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक गठबन्धनले मनहरी गाउँपालिकाको २ ठाडोखोला दोभान, ३ को हाँडीखोला, ४ को मसिने र ५ नम्बरको डिल्लीपुरमा संयुक्त निर्वाचन प्रचारप्रसार कार्यालय उद्घाटन गरेको मनहरी गाउँपालिका चुनाव परिचालन समिति संयोजक भरत पराजुलीले जानकारी गराएका छन ।
कार्यक्रममा राप्रपा क्षेत्रीय अध्यक्ष एवं लोकतान्त्रिक गठबन्धनका निर्वाचन परिचालन समितिका सहसंयोजक गोविन्द रिजाल, काँग्रेसका जिल्ला सदस्यहरु नवराज उप्रेती, भीमसेन महत, मनहरी गाउँपालिका चुनाव परिचालन समिति संयोजक पराजुली, प्रतिनिधिसभा समानुपातिक उम्मेदवार पवित्रा विश्वकर्मा, प्रदेशसभा समानुपातिक उम्मेदवार जानकी लामा, मुक्तिनाथ अधिकारी, योगमाया न्यौपाने, रामचन्द्र बर्तौला लगायतकाको उपस्थिती रहेको थियो ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







