Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन 

buba-ko-mukh-herne-2-1567-1661563425.jpg

file photo

११ भदौ, हेटौंडा । आज भाद्रकृष्ण औंशी अर्थात् कुशे औंसी पर्व, बुवाको मुख हेर्ने दिन । हिन्दु धर्मशास्त्र अनुसार वर्षभरी देवकार्य र पितृ कार्यमा पवित्र मानी प्रयोग गरिने कुश आज घर घरमा भित्र्याएर कुशे औँशी मनाइदैँछ ।
आजको दिन कुश घरभित्र राख्दा परिवारको कल्याण तथा घर पवित्र हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ । यस्तै आज दिवंगत पितालाई तर्पण, सिदा दान र श्राद्ध गरेर एवम् जीवित पिताप्रति आदर सम्मानका साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइन्छ ।
बुवाको सम्मान गर्दै मिष्ठान्न भोजन तथा उपहार दिई मुख हेर्ने पनि गरिन्छ । बुवा नहुनेहरुले पितृको तृप्ती तथा कल्याणको कामना गर्दै काठमाडौको गोकर्णमा रहेको गोकर्णेश्वर मन्दिरमा गई श्राद्ध तर्पण गर्ने पनि चलन छ ।
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ । आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्दछ । यसैगरी रसुवाको वेत्रावतीमा पनि भक्तजनको लर्को लाग्छ ।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

थप समाचार