१७ भदौं,हेटौंडा । हेटौंडा जेसिजले आफ्नो सप्ताहव्यापी कार्यक्रम भदौ १९ गतेबाट २५ गते सम्म गर्ने भएको छ।हेटौंडा जेसिजले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो सप्ताहव्यापी कार्यक्रमको बारेमा जानकारी गराएको हो।
पत्रकार सम्मेलनमा बोल्दै जेसिज २०२२ का अध्यक्ष पवन कुमार कंशाकारले आफ्नो सप्ताहव्यापी कार्यक्रमको बारेमा सुनाएका थिए।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भदौं १९ गते आइतबार लागु औषध सचेना कार्यक्रम र सीप विकास तालिम कार्यक्रम गरिने, २० गते रक्तदान कार्यक्रम र हेटौंडा अस्पतालमा फलफुल वितरण ,भदौं २१ गते जेसीज र बैंकर्सहरु बीच मैत्रीपूर्ण फुटसल कार्यक्रम, खुला पौडी प्रतियोगिता र सरसफाई कार्यक्रम रहेको अध्यक्ष कंसाकारले बताएका छन्।
जेसीज सप्ताह कार्यक्रम अन्तरगत २२ गते वृक्षारोपण कार्यक्रम र अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता, २३ गते अम्बिका देवी स्मृती हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम गरिने जनाइएको छ। भदौं२४ गते मधेश प्रदेश र बागमती प्रदेश छुट्याउन बारा र मकवानपुरको सिमाना चुरियामाई मन्दिर नजिक स्वागत बोर्ड राखिने र सोही हेटौंडा ९ मा ट्राफिक सचेतना कार्यक्रम गरिने जनाइएको छ।२५ गते भने जेसीज सप्ताह कार्यक्रम समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको जनाइएको छ।त्यसैगरी जेसीजले भोली शनिबार बिहान हेटौंडा-५ हुदै मकवानपुरगढी-३ मा रहेको मनकामना मन्दिर सम्म साइकललिङ्ग रेसको आयोजन गरेको हेटौंडा जेसीजका महासचिव विकेशलाल श्रेष्ठले जनाएका छन्। उनले केही प्रतियोगितामा नगद र प्रमाणपत्रको व्यवस्था गरिएको जनाइएको छ। पत्रकार सम्मेलनमा जेसीज सप्ताहका मुल कार्यक्रम संयोजक शीवकुमार श्रेष्ठ, सह संयोजक महेश अधिकारी,महासचिव विकेशलाल श्रेष्ठ लगायत पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...
२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...
२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...
२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...
२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...
२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...
२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...
२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...