Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

गुम्बाडाँडामा श्यामप्रसाद स्मृति पार्क तथा प्रतिमा अनावरण

१८भदौं,हेटौंडा। नेपाली प्रगतिवादी साहित्य लेखन, बामपन्थी राजनिती , पत्रकारिता लगायतका क्षेत्रमा विशिष्ट योगदान गर्नुभएका श्यामप्रसाद शर्माको स्मृतिमा निर्माण भएको स्मृति पार्क समुद्घाटन एवम् प्रतिमा अनावरण भएको छ।उक्त कार्य शुक्रबार हेटौँडा -१८ गुम्बाडाँडामा सम्पन्न भएको हो । 

श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानले प्रदेश सरकार पर्यटन, वन, उद्योग तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा निर्माण गरेको हो । श्यामप्रसाद शर्माबारे गरिएको परिचर्चा कार्यक्रमका बीच बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उद्घाटन तथा अनावरण गर्नुभएको हो । कार्यक्रममा प्रदेश सभा सदस्य मुनु सिग्देल, नेकपा एकीकृत समाजबादीका अध्यक्ष सूर्यचन्द्र न्यौपाने , साहित्यकारहरू घनश्याम घिमिरे, अनिता न्यौपाने ,पुरुषोत्तम आचार्य , छवि अनित्य , अरुण खतिवडालगायतले श्यामप्रसादबारे चर्चा गर्नुभएको थियो । त्यस्तै हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलले गुम्बाडाँडामा सांस्कृतिक बिम्बहरूलाई सजाउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। 

प्रतिमा अनावरण गरिएका श्यामप्रसादको २०७४ सालमा दैहिक जीवन समापन भएको थियो ।  श्यामप्रसाद  प्रगतिशील लेखक सङ्घ नेपालको  संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । तत्कालीन मन्थली गाविस सोलिथुम मकवानपुरमा वि. स. १९८६ मा जन्मिनुभएको उहाँको लेखनी कविता बालगीत ,निबन्ध, गीत, राजनैतिक विषयका लेख, समालोचना, डायरी आदि आयाममा फैलिएको छ । २०२३ सालदेखि २०४७ सालसम्म कम्युनिष्ट राजनीतिमा रहेर २३ वर्षे भूमिगत जीवन बिताउनुभएको उहाँ नेपाली जनमानसमा लेखन, सङ्ठनकर्ता र सरल जीवनशैलीका कारण सधैँ स्मरणीय उहाँको स्मरण र सम्मानमा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानले स्मृति पार्क र प्रतिमा निर्माण गरेको हो।प्रतिष्ठानका सचिव सुवास खनालले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष इन्द्रप्रसाद नेपालको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै मुख्य मन्त्री पाण्डेले पार्क र प्रतिमा स्थापना गर्नु महत्वपूर्ण हुँदाहुँदै पनि तिनीहरूलाई जीवन्त राख्नु महत्वपूर्ण कुरा हो र श्यामप्रसाद सबैभन्दा बढी उनका विचारहरूबाट जीवन्त छन् भन्ने धारणा राखिएको थियो। प्रतिष्ठान सदस्य शङ्कर बानियाँले स्वागत गर्नुभएको सो कार्यक्रममा स्वास्थ्य अवस्था प्रतिकूल रहनुभएका प्रतिष्ठान अध्यक्ष कौशल पाण्डेको स्वास्थ्यलाभको कामना गरिएको थियो । साथै निर्माण उपभोक्ता समितिका अध्यक्ष रामबाबु खतिवडाले आर्थिक जानकारी प्रस्तुत गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार