१८भदौं,हेटौंडा। नेपाली प्रगतिवादी साहित्य लेखन, बामपन्थी राजनिती , पत्रकारिता लगायतका क्षेत्रमा विशिष्ट योगदान गर्नुभएका श्यामप्रसाद शर्माको स्मृतिमा निर्माण भएको स्मृति पार्क समुद्घाटन एवम् प्रतिमा अनावरण भएको छ।उक्त कार्य शुक्रबार हेटौँडा -१८ गुम्बाडाँडामा सम्पन्न भएको हो ।
श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानले प्रदेश सरकार पर्यटन, वन, उद्योग तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा निर्माण गरेको हो । श्यामप्रसाद शर्माबारे गरिएको परिचर्चा कार्यक्रमका बीच बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उद्घाटन तथा अनावरण गर्नुभएको हो । कार्यक्रममा प्रदेश सभा सदस्य मुनु सिग्देल, नेकपा एकीकृत समाजबादीका अध्यक्ष सूर्यचन्द्र न्यौपाने , साहित्यकारहरू घनश्याम घिमिरे, अनिता न्यौपाने ,पुरुषोत्तम आचार्य , छवि अनित्य , अरुण खतिवडालगायतले श्यामप्रसादबारे चर्चा गर्नुभएको थियो । त्यस्तै हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलले गुम्बाडाँडामा सांस्कृतिक बिम्बहरूलाई सजाउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।
प्रतिमा अनावरण गरिएका श्यामप्रसादको २०७४ सालमा दैहिक जीवन समापन भएको थियो । श्यामप्रसाद प्रगतिशील लेखक सङ्घ नेपालको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । तत्कालीन मन्थली गाविस सोलिथुम मकवानपुरमा वि. स. १९८६ मा जन्मिनुभएको उहाँको लेखनी कविता बालगीत ,निबन्ध, गीत, राजनैतिक विषयका लेख, समालोचना, डायरी आदि आयाममा फैलिएको छ । २०२३ सालदेखि २०४७ सालसम्म कम्युनिष्ट राजनीतिमा रहेर २३ वर्षे भूमिगत जीवन बिताउनुभएको उहाँ नेपाली जनमानसमा लेखन, सङ्ठनकर्ता र सरल जीवनशैलीका कारण सधैँ स्मरणीय उहाँको स्मरण र सम्मानमा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानले स्मृति पार्क र प्रतिमा निर्माण गरेको हो।प्रतिष्ठानका सचिव सुवास खनालले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष इन्द्रप्रसाद नेपालको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै मुख्य मन्त्री पाण्डेले पार्क र प्रतिमा स्थापना गर्नु महत्वपूर्ण हुँदाहुँदै पनि तिनीहरूलाई जीवन्त राख्नु महत्वपूर्ण कुरा हो र श्यामप्रसाद सबैभन्दा बढी उनका विचारहरूबाट जीवन्त छन् भन्ने धारणा राखिएको थियो। प्रतिष्ठान सदस्य शङ्कर बानियाँले स्वागत गर्नुभएको सो कार्यक्रममा स्वास्थ्य अवस्था प्रतिकूल रहनुभएका प्रतिष्ठान अध्यक्ष कौशल पाण्डेको स्वास्थ्यलाभको कामना गरिएको थियो । साथै निर्माण उपभोक्ता समितिका अध्यक्ष रामबाबु खतिवडाले आर्थिक जानकारी प्रस्तुत गरेका थिए।
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...


-1792888897.jpg)









-nepal-1792111426.jpg)




