२२ भदौं,हेटौंडा । सप्ताहव्यापी कार्यक्रम मनाइरहेको हेटौंडा जेसिजले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज बुधबार दुई वटा कार्यक्रम सम्पन्न गरेको छ। जेसिजले पहिलो कार्यक्रम अन्तर्गत बिहान वृक्षारोपण गरेको छ। हेटौंडा जेसिज वर्ष २०२२ अध्यक्ष पवन कुमार कंशाकारको सभाध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा हेटौंडा जेसिजका पुर्व अध्यक्ष अङ्गद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा हेटौंडा जेसिजको सचिवालय हेटौंडा-९ कर्रामा विभिन्न प्रजाति फलफुलका विरुवा रोपिएको कार्यक्रम संयोजक विनोद वाग्लेले बताएका छन्। वृक्षारोपण कार्यक्रममा हेटौंडा जेसिजका सन २०१८ का अध्यक्ष रवि नेपालको विशिष्ट आतिथ्यता रहेको थियो।
त्यसैगरी जेसिजले दोस्रो कार्यक्रम अन्तर्गत वक्तृत्वकला कार्यक्रम आयोजना गरेको छ। १० जना सहभागति प्रतियोगितामा विवेक आनन्द न्यौपाने प्रथम,छोईसाङ लामा दृतीय भएका थिए। प्रथम हुनेले नगद ३ हजार प्राप्त गरेका छन्। हेटौँडाका पुर्व अध्यक्ष बासु न्यौपानेको प्रमुख आतिथ्यता तथा पुर्व अध्यक्षहरु कुश कुमार रिजाल र कृष्ण कटुवालको आतिथ्यता रहेको थियो। नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक छोईसाङ लामाले जनाएका छन्। कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमका मुल संयोजक शीवकुमार श्रेष्ठ,सह संयोजक महेश अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोली बिहीबार हेटौंडा क्याम्पसमा अम्बिका देवी स्मृति हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको महासचिव विकेशलाल श्रेष्ठले जानकारी दिएका छन्।
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...













-1792888897.jpg)




