२४ भदौं,हेटौंडा। हेटौडा-६, न्युरेनी चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार आफ्नो २७ औं स्थापना दिवस अन्तक्रिर्या कार्यक्रम आयोजना गरेर मनाएको छ ।
हेटौंडा-६ का वडाध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै वडा अध्यक्ष दाहालले जनकल्याण सहकारी संस्थाले आफना शेयर सदस्यहरुको हितमा कार्य गरेको बताए । एकै प्रकतिका सहकारी संस्थाहरु एकिकरण गरी वित्तिय कारोवार गर्नु पर्नेमा जोड दिदै वडा अध्यक्ष दाहालले सहकारी संस्थाहरुले सामाजिक उत्तरदायित्व तर्फ पनि काम गर्नु पर्ने बताए ।
सहकारीका अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष बासुदेव अधिकारी, उपाध्यक्ष श्यामप्रसाद भट्टराई, कोषाध्यक्ष चेतनाथ खतिवडा लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष रघुप्रसाद आचार्य, संचालक समितिका पदाधिकारी, लेखा समिति, शेयर सदस्य र संचारकर्मीको सहभागिता थियो ।
२०५३ भाद्र २४ गते २९ जना संस्थापक शेयर सदस्यहरु बाट शुरु गरिएको यो सहकारीमा २०७९ साउन सम्म २ हजार ७३८ जना शेयर सदस्यहरु आवद्ध रहेका छन । २ करोड ४९ लाख शेयर पूँजी १८ करोड निक्षेप र १९ करोड १८ लाख ऋण लगानीमा रहेको संस्थाले जनाएको छ ।
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...













-1792888897.jpg)




