२५ भदौं, हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा थाहा कला केन्द्रको आयोजनामा जिल्लास्तरीय बिच भलिबल प्रतियोगिता हुने भएको छ । यही असोज १४ देखि १७ गतेसम्म थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता आयोजना हुने भएको हो ।
आयोजकले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत पहिलो पटक आयोजना हुन लागेको बिच भलिबलको बिषयमा जानकारी दिएको हो थाहा कला केन्द्रको आयोजना तथा थाहा नगर भलिबल संघको समन्वयमा हुन लागेको प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजक संस्थाका अध्यक्ष सानोबाबु मोक्तानले जानकारी दिए ।
थाहा नगरपालिकाको पर्यटन प्रवद्र्धन साथै भलिबल खेलको विकासका लागि थाहा नगरमा पहिलो पटक बिच भलिबल प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए । करिब ५० टिमको सहभागिता हुने अपेक्षा रहेको उनले बताए ।
असोज १ गते देखि १० गतेसम्म टिम गरिने र दर्ता शुल्क १ हजार १ सय रुपैयाँ तोकेको उनले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ५० हजार, २५ हजार र १० हजार रुपैयाँ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिताको अनुशासित टिमलाई र उत्कृष्ट खेलाडीलाई ५÷५ हजार रुपैयाँ सहित ट्रफी प्रदान गरिनेछ । बिच भलिबल प्रतियोगिताको लागि भौतिक रुपमा काम भइरहेको जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, जिल्ला भलिबल संघ अध्यक्ष बसन्तकुमार सिटौला, कोषाध्यक्ष शंकर कार्की, थाहा नगरपालिका भलिबल संघका अध्यक्ष बसन्त गोपाली, भलिबल संघ हेटौंडा उपमहानगरपालिका अध्यक्ष राजु घले लगायतको आतिथ्यता रहेको थियो ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







