Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

सञ्चारकर्मीकोे सुरक्षा सबैको सरोकार

forum-1-(1)-1510367345.jpg

 २५ कार्तिक, महोत्तरी । समाजलाई सुसूचित गर्ने सञ्चारकर्मीको सुरक्षामा सरकारी र गैरसरकारी सबै पक्षको सरोकार र चासो हुनुपर्नेमा जोड दिइएको छ ।
पत्रकारविरुद्ध हुने अपराधसम्बन्धी दण्डहीनताको अन्त्य गर्न शुक्रबार महोत्तरीमा आयोजित छलफल कार्यक्रमका सहभागीहरुले नेपाली पत्रकारहरु अझै जोखिममा रहेकोले सुरक्षा आवश्यक भएको बताउनु भएको थियो । कार्यक्रम फ्रिडम फोरम, नेपाल पत्रकार महासंघ महोत्तरी शाखा र अनौपचारिक सेवा केन्द्र महोत्तरको संयुक्त आयोजनामा भएको हो । नोभेम्बर २ मा विश्वभर पत्रकार विरुद्ध हुने अपराधसम्बन्धी दण्डहीनता अन्त्य गर’ भन्ने अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा आयोजना गरिएको प्रदेश नम्बर २ स्तरीय कार्यक्रममा सहभागीहरुले प्रदेश नम्बर २ का पत्रकारहरु अझै समाचार लेखेकै आधारमा जोखिममा रहेको बताए ।

साथै वक्ताहरुले पत्रकारहरुले निर्बाधरुपमा पत्रकारिता गर्ने अवस्था सिर्जना गर्न सरकार, सुरक्षा निकायलगायत सरोकारवालालाई सुरक्षित वातावरण निर्माण गर्न आग्रह गरेका छन । 
पत्रकारविरुद्ध हुने हत्या, आक्रमण, वेपत्तालगायत हिंसाका बारेमा सम्बन्धित सरकारलाई जानकारी गराउने, अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याई दण्डहीनताको अन्त्य गर्न माग गर्ने, दबाब दिने, तथा यस्ता घटना नदोहोरिउन भनी सामुहिक दबाब सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । 
कार्यक्रममा महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले पत्रकारविरुद्ध हुने सबै किसिमका अपराधको अन्त्य हुनुपर्ने बताउँदै पत्रकारहरुले आफ्नो मूल उद्देश्यप्रति सजग हुनुपर्ने बताए ।

कार्यक्रममा कार्यक्रममा नेपाल प्रेस युनियनका मध्यमाञ्चल संयोजक एवं फ्रिडम फोरमका प्रतिनिधि रामममणि दाहालले पत्रकारविरुद्ध हुने अपराध र दण्डहीनताको अन्त्यका लागि सरोकारवालाको भूमिकाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु गरेका थिए ।
कार्यपत्र प्रस्तुत गर्दै उहाँले सन् २०१६ को मे देखि एक वर्षको अवधिमा प्रदेश नम्बर ३ मा १५ वटा र प्रदेश नम्बर २ मा नौवटा हिंसाका घटना भएको जानकारी दिएका छन ।

पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी उपरीक्षक मुरारी बस्नेत, राष्ट्रिय अनुसन्धान केन्द्र महोत्तरीका प्रमुख दीपक खड्का, अधिकारकर्मी बिकरु यादव, इन्सेक महोत्तरीका प्रतिनिधि अजय यादवलगायतले बोल्नु भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार