Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सञ्चारकर्मीकोे सुरक्षा सबैको सरोकार

forum-1-(1)-1510367345.jpg

 २५ कार्तिक, महोत्तरी । समाजलाई सुसूचित गर्ने सञ्चारकर्मीको सुरक्षामा सरकारी र गैरसरकारी सबै पक्षको सरोकार र चासो हुनुपर्नेमा जोड दिइएको छ ।
पत्रकारविरुद्ध हुने अपराधसम्बन्धी दण्डहीनताको अन्त्य गर्न शुक्रबार महोत्तरीमा आयोजित छलफल कार्यक्रमका सहभागीहरुले नेपाली पत्रकारहरु अझै जोखिममा रहेकोले सुरक्षा आवश्यक भएको बताउनु भएको थियो । कार्यक्रम फ्रिडम फोरम, नेपाल पत्रकार महासंघ महोत्तरी शाखा र अनौपचारिक सेवा केन्द्र महोत्तरको संयुक्त आयोजनामा भएको हो । नोभेम्बर २ मा विश्वभर पत्रकार विरुद्ध हुने अपराधसम्बन्धी दण्डहीनता अन्त्य गर’ भन्ने अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा आयोजना गरिएको प्रदेश नम्बर २ स्तरीय कार्यक्रममा सहभागीहरुले प्रदेश नम्बर २ का पत्रकारहरु अझै समाचार लेखेकै आधारमा जोखिममा रहेको बताए ।

साथै वक्ताहरुले पत्रकारहरुले निर्बाधरुपमा पत्रकारिता गर्ने अवस्था सिर्जना गर्न सरकार, सुरक्षा निकायलगायत सरोकारवालालाई सुरक्षित वातावरण निर्माण गर्न आग्रह गरेका छन । 
पत्रकारविरुद्ध हुने हत्या, आक्रमण, वेपत्तालगायत हिंसाका बारेमा सम्बन्धित सरकारलाई जानकारी गराउने, अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याई दण्डहीनताको अन्त्य गर्न माग गर्ने, दबाब दिने, तथा यस्ता घटना नदोहोरिउन भनी सामुहिक दबाब सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । 
कार्यक्रममा महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले पत्रकारविरुद्ध हुने सबै किसिमका अपराधको अन्त्य हुनुपर्ने बताउँदै पत्रकारहरुले आफ्नो मूल उद्देश्यप्रति सजग हुनुपर्ने बताए ।

कार्यक्रममा कार्यक्रममा नेपाल प्रेस युनियनका मध्यमाञ्चल संयोजक एवं फ्रिडम फोरमका प्रतिनिधि रामममणि दाहालले पत्रकारविरुद्ध हुने अपराध र दण्डहीनताको अन्त्यका लागि सरोकारवालाको भूमिकाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु गरेका थिए ।
कार्यपत्र प्रस्तुत गर्दै उहाँले सन् २०१६ को मे देखि एक वर्षको अवधिमा प्रदेश नम्बर ३ मा १५ वटा र प्रदेश नम्बर २ मा नौवटा हिंसाका घटना भएको जानकारी दिएका छन ।

पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी उपरीक्षक मुरारी बस्नेत, राष्ट्रिय अनुसन्धान केन्द्र महोत्तरीका प्रमुख दीपक खड्का, अधिकारकर्मी बिकरु यादव, इन्सेक महोत्तरीका प्रतिनिधि अजय यादवलगायतले बोल्नु भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार