३१ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले शुक्रबार हेटौंडा अस्पतालको अनुगमन गरेका छन् । उपमेयर बानियाँले नयाँ भवनमा सरेर सेवा सुरु गरेको अस्पतालको सेवा प्रवाह र समस्या लगायतका विषयमा बुझेका छन् ।
उपमेयर बानियाँले अनुगमनका क्रममा अस्पतालमा उपचार गराइरहेका डेंगु रोगको विरामीहरुको अवस्था समेत बुझेका छन् । केहीदिन यता हेटौंडासहित मकवानपुरका विभिन्न स्थानीय तहहरुमा फैलिएको डेंगुका कारण संक्रमित हुनेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
उनले अस्पतालको आकस्मिक कक्ष, बहिरंग सेवा, फार्मेसी, टिकेट काउण्टरलगायतको अनुगमन गरेका थिए । विरामीको अत्याधिक चाप रहेको अस्पतालमा उपचारका लागि आएका सेवाग्राहीहरुले लामो समय कुर्नुपर्ने बाध्यता रहेको उपमेयर बानियाँसंग गुनासो गरेका थिए ।
सर्वसाधरणले उपमेयर बानियाँसंग टिकट काट्न, चेकजाँच गर्न र फार्मेसीबाट औषधि लिन धेरै समय लाइन बस्नुपर्ने बाध्यता रहेको गुनासो गरेका थिए । उपमेयर बानियाँले अस्पतालमा उपचाररत बिरामीहरुसंग भेट गर्दै अस्पतालका समस्याहरु समाधानका लागि पहल गर्ने र सुधारका काममा सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे ।
उपमेयर बानियाँले अस्पतालका मेडिकल सुपेरीटेण्डेण्ट डा.रामचन्द्र सापकोटालाई अस्पतालको सेवा चुस्तदुरुस्त राख्न र स्वास्थ्य उपचार सेवामा आम नगरिककोको सहज पहुँच हुने अवस्थाको सृजना गर्न निर्देशन समेत दिएका थिए ।
डा. सापकोटाले बढ्दो बिरामीको चापका कारण हाल कार्यरत रहेका कर्मचारी अपुग रेहको र नयाँ कर्मचारी भर्ना प्रक्रिया चलिरहेको जानकारी गराएका थिए । उनले नयाँ कर्मचारी नियुक्ति भएलगतै अस्पतालमा टिकेट काउण्टर, फार्मेसी लगायतको भिड कम हुने जानकारी गराएका थिए ।
उपमेयर बानियाँले अस्पताल सुधारको लागि हेटौंडा उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने र अनुगमनलाई पनि निरन्तरता दिने बताएका छन् ।
१२ असोज, हेटौडा । मकवानपुर प्रहरीले अदालतबाट अनुमति प्राप्त गरि २०८० भदौँ २७ गतेदेखि असोज १० गते बरामद गरेको लागु...
१३ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ७०० ग्राम सुनसहित एकजना पक्राउ परेका छन्...
१३ असोज, हेटौडा । एक साता लामो चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश...
१३ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ७८ औँ महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल...
१३ असोज, हेटौंडा । नेकपा एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै बंगालको खाडीको उत्तर...
१३ असोज, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज (शनिबार)...
१३ असोज, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको ज्ञानोदय बालबाटिका एकेडेमिका बिद्यार्थीहरुलाई...
१३ असोज, हेटौंडा । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध...
४ असोज,हेटौँडा । हेटौंडामा श्रीमानको कुटाईबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । बुधबार राति हेटौंडा–१४ नयाँ...
१ असोज, हेटौंडा । पुर्व-पश्चिम लोकमार्ग अन्तर्गत पथलैया-निजगढ सडकखण्डको जितपुरसिमरा-१६ बाह्रकिलोमा पिकअप भ्यान...
११ असोज, हेटौंडा । हेटौंडा-६ चौघडाको दुई सहकारी संस्थामा गएराति चोरी भएको छ । चौघडामा रहेको जनकल्याण बचत तथा ऋण...
३१ भदौ,हेटौँडा । मकवानपुरको मनहरी र मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएको छ । आइतबार...
३० भदौ,हेटौँडा । भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालका डाक्टर विकास थापा तथा प्रशान्त विडारी माथि भएको...
१ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट विदेशी मुद्रासहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ...
८असोज,हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्र्तगत चितवनको खुरखुरेमा दुइवटा यात्रुवाहक बस ठोक्किदा ३१ यात्रु...
१ असोज ,हेटौँडा । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा यहि असोज १३ गते हेटौँडामा हुने...
७ असोज, हेटौंडा । मकवानपुर प्रहरीले २ फरार प्रतिबादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन पदमपुर घर भई हेटौडा-१६...