Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सहिदको नाम बेचेर विकासको ढोङ् रच्ने दिन गएः डिना 

हेटौंडा ६ नम्बरमा चुनाव प्रचारप्रसार समिति

dina-upadhaya-1510393196.jpg

२५ कार्तिक,हेटौडा । नेपाली काङग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार महालक्ष्मी डिना उपाध्यायले मकवानपुरमा १५ बर्ष कम्यूनिष्टहरुले सहिदको नाम बेचेर विकासको ढोङ् रच्ने दिन गएको बताउदै लोकतन्त्र गुमे अधिनायकवादको सासन लागु हुने भन्दै वामगठबन्धनसंग हामी डराउनु नपर्र्ने बताएकि छिन  । 

मकवानपुरको थाहानगरपालिका ११ र १२ टिस्टुङ नौखण्डे मा आज निर्वाचन प्रचार प्रसार समितिको वडा कार्यलय उद्घाटन तथा निर्वाचन प्रचार प्रसार समिती गठन कार्यक्रममा उपाध्यायले यसो बताएकि हुन ।  
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २का प्रदेशसभाका उम्मेदवार यतिराज सापकोटाले नेपाली काङग्रेसले सधै विकासको बाटोमा अघि बढ्ने भन्दै २ नम्बर यो ठाउँ र भुगोलसंग परिचित रहेको र विकासको काममा अगाडि बड्नका लागि पनि लोकतान्त्रिक गठबन्धनले जित्नु जरुरी रहेको प्रतिवद्दता व्यक्त समेत गरेका छन  ।

सुमन गोलेको सभाध्यक्षतामा भएको कार्यक्रममा  मणिराज गुरुङ, लक्ष्मी श्रेष्ठ ,निलम देवकोटा, कृष्णभक्त श्रेष्ठ , ईश्वर नाथ पौडेल, पवित्रा महत, जिल्ला सदस्य सुनमाया स्याङ्तान, महाधिवेशन प्रतिनिधि राजेन्द्र बिडारी, १२ नम्बर वडा इकाइ सभापती बुद्धराम स्याङ्तान, थाहानगर सचिव राममाया के सि, नेपाली काङ्ग्रेस २ नम्बर क्षेत्रीय सचिव तथा निवार्चन परिचालन समितिका सह संयोजक ओम बहादुर बस्नेत, रा प्र पा स्थानिय नेता हरिबहदुर बम्जन, दिनेश उपाध्यय, लक्ष्मण सुवेदी, लगायतको उपस्थिती रहेको थियो । 
त्यसैगरी थाहानगर वडा ११मा चिन कुमार गोलेको संयोजकत्वमा ५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको र  वडा १२ मा राम बहादुर बलको संयोजकत्वमा ५१ सदस्यीय प्रचारप्रसार समिति गठन भएको निवार्चन परिचालन समितिका सह संयोजक ओम बहादुर बस्नेतले जानकारी दिए ।
    
लोकतान्त्रिक  गठबन्धनको ६ नम्बरमा चुनाव प्रचारप्रसार समिति
प्रतिनिधि सभा क्षेत्र नम्बर १ को हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ मा लोकतान्त्रिक  गठबन्धनको संयुक्त बैठक शनिबार सम्पन्न भएको छ । बैठकले नेपाली काँग्रेस ६ नम्बर वडा सभापति रामहरी तिमल्सिनाको संयोजक र राप्रपा वडा अध्यक्ष केदार राई सहसंयोजक रहने गरि  ५ सय १ सदस्यीय चुनाव प्रचारप्रसार समिति निर्माण गरेको छ । त्यसैगरि संयुक्त भेलाले युवा परिचालन समिति र महिला परिचालन समिति समेत निर्माण गरेको छ । युवा परिचाल समितिको संयोजक राजकुमार बास्तोला र सहसंयोजक लक्ष्मण सापकोटा रहेका छन् भने महिला परिचालन समितिको संयोजकमा शोभा खतिवडा र सहसंयोजकमा सुमित्रा तिमल्सिना रहेको वडा सभापति रामहरी तिमल्सिनाले जानकारी दिए । ६ नम्बर वडा सभापति रामहरी तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, पूर्व महाधिवेसन प्रतिनिधि होमनाथ गौतम, राप्रपा नगर अध्यक्ष गुरुप्रसाद सापकोटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार