४ असोज,हेटौंडा। मकवानपुरले थप मिस मकवानपुर पाएको छ । कलिउड सुपर डान्स एण्ड फिटनेस प्रा.लिको आयोजनामा सोमबार राती सम्पन्न मिस मकवानपुर सिजन ४ बाट मकवानपुरले थप मिस मकवानपुर प्राप्त गरेको हो ।
१५ जना प्रतिस्पर्धीलाई उछन्दै उत्कृष्ट दश हुदैं उत्कृष्ट पाँचमा परेर हेटौंडाकी एलिशा पराजुली मिस मकवानपुर सिजन ४ को विजेता बन्न सफल भएकी हुन् । विजेता बन्दै उनले ताज सहित सत्तरी हजार नगद सहित डाइन एण्ड वाईन रेष्टुरेन्टमा रात्रिभोजको व्यवस्था, फोटो सुट, कुनै पनि विधामा आयोजक कम्पनीमा निशुल्क प्रशिक्षणको व्यवस्था, तीन दिनको आन्तरिक भ्रमणको प्याकेज, निशुल्क दक्ष मेकप ट्रेनिङ लगायत आकर्षक पुरस्कारहरु प्राप्त गरेकी छिन् ।
प्रतियोगितामा मिस मकवानपुरको फस्ट रनरफ सारम्सा पाण्डे भएकी छिन् । उनले ताज सहित ३५ हजार नगद, फोटो सुट, तीन दिनको आन्तरिक भ्रमण प्याकेज सहित आकर्षक पुरस्कारहरु प्राप्त गरेकी छन् । प्रतियोगितामा सेकेन्ड रनरफ भने प्रजिता मैनाली भएकी छिन् । उनले ताज सहित २० हजार नगद, फोटो सुट, तीन दिनको आन्तरिक भ्रमण प्याकेज र आकर्षक पुरस्कारहरु प्राप्त गरेकी छिन् ।
प्रतियोगितामा मकवानपुरका १५ जनाले प्रतिस्पर्धा गरेका थिए । मिस नेपाल अर्थ २०२० की सुप्रिया श्रेष्ठ प्रमुख निर्णायकका रहेकी थिइन् भने मोडल तथा नायक अमिर गौतम, पंकज सिंह ठकुरी र एन्जिला श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगितामा भ्युवर च्वाईस टाइटल सारम्सा पाण्डेले हात पारेकी छिन् । त्यस्तै, कोरियोग्राफर च्वाईस टाइटल आस्का कार्कीले हात पारिन् । प्रतियोगितामा अर्गनाइजर च्वाईस भने रितिका दुलालले हात पारिन् ।
प्रतियोगिताको मुख्य प्रायोजक नेपाली उत्पादन क्यालिवर्स सुज रहेको थियो । सह प्रायोजकको रुपमा भने सिस्टरहुड फेसन स्टोर्स रहेको थियो । प्रतियोगितामा डाइन एण्ड वाइन, एनएस सिनेमाको सहकार्यमा एजुकेसन पार्टनर राइट पथ, हस्पिटालिटी पार्टनर होटल सामना र बैकिंङ पार्टनरमा मेगा बैंक रहेको आयोजक कम्पनीका निर्देशक सुजन श्रेष्ठले बताए ।
उनले सौन्र्दय प्रतियोगिताले आफ्नो प्रतिभा देखाउने र यस क्षेत्रमा थप योगदान पुग्ने हिसाबले कार्यक्रमको आयोजना गरिएको श्रेष्ठले बताए । सिजन ४ को कार्यक्रम संयोजक सिजन ३ का विजेता सिमा योन्जन रहेकी थिइन् भने फेसन कोरियोग्राफर सोफिया फागो रहेकी थिइन् ।
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


















