२५ कार्तिक, हेटौँडा । हेटौँडा–१७ मा रहेको चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाको १९ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संस्थागत प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक गोपाल बस्ताकोटीले लेखा परीक्षण प्रतिवेदन र सचिव विष्णुमान श्रेष्ठले बचत समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा पूर्व व्यवस्थापक गोविन्दप्रसाद दाहाल, उत्कृष्ट बचतकर्ता भीमकुमारी अधिकारी, उत्कृष्ट ऋणी कृष्णबहादुर श्रेष्ठ, सबैभन्दा बढि पशु औषधी खरिदकर्ता अच्युत लुईटेल, बढि सामान खरिदकर्ता हेमकुमारी पुलामी, ज्येष्ठ सदस्य ज्ञानुमाया क्याप्छाकी मगर, धनबहादुर खड्का, एककुमारी घोरासैनी, भवानीशंकर गौतम, बुद्धिनाथ ढकाललाई सम्मान गरिएको थियो ।
यसैगरी, एसईई परीक्षाको प्राविधिक शिक्षातर्फ र सामुदायिक विद्यालयतर्फ उत्कृष्ठ अंक हासिल गर्ने विद्यार्थी, बढि दूध विक्रि गर्ने, धेरै दूध विक्रि गर्ने, गुणस्तरीय दूध विक्रि गर्ने र गोठ सफाई गर्ने कृषकहरुलाई समेत सम्मान गरिएको थियो ।
डिभिजन सहकारी कार्यालयका प्रमुख तिलकराम पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौँडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, हेटौँडा १७ का वडा अध्यक्ष भैरवकुमार राई, जिल्ला दुग्ध उत्पादक सहकारी संघका सदस्य कृष्णप्रसाद सापकोटा, संस्थाका सल्लाहकार राधेश्याम गजुरेल, रामकृष्ण तिवारी, लोकनाथ चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाले आव ०७३/०७४ मा १६ करोड ११ लाख ६८ हजारको कारोबार गरेको व्यवस्थापक दिपक ढकालले बताए ।
२२ माघ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई...
२२ माघ, काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्यालको मात्रै उम्मेदवारी परेको छ...
२२ माघ, हेटौंडा । बागमती प्रदेशसभाको आइतबार बसेको बैठकले १६ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ...
२२ माघ, हेटौंडा । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस हेटौंडामा पनि मनाइएको छ । प्रेस चौतारी मकवानपुरको...
२२ माघ,हेटौंडा। हेटाैडा उपमहानगरपालिका वडा- ९ मा रहेको संवेदनशील टाेल विकास सस्थांकाे अध्यक्षमा नवराज...
२२ माघ,हेटौंडा। बागमती प्रदेशसभाको बैठक आज आइतबारका लागि बोलाइएको छ।बागमती प्रदेशसभाको दोस्रो कार्यकालको...
२२ माघ,हेटौंडा । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। साताको छैठौ दिन शुक्रबार १४ सय रुपैयाँ घटेको...
२२ माघ, हेटौंडा । पाकिस्तानका पूर्व सैनिक जनरल एवं राष्ट्रपति परवेज मुशर्रफको निधन भएको भएको छ। मुशर्रफको...
२२ माघ, काठमाडाैं । बंगलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिपमाको नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ...
१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...
१४ माघ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा...
२० माघ, कैलाश । कैलाश गाउँपालिकाको भार्ता–कालिकाटार–नामटारहुँदै काठमाडौं सम्म आज शुक्रबारदेखि बस सेवा...
१२ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ संगमचोकमा रहेको ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल)का...
१३ माघ, हेटौंडा । बागमती प्रदेशमा ११ वटा मन्त्रालय बनाउँदा वार्षिक रूपमा २ करोड २० लाख ४६ हजार ८७७ रुपैयाँ जोगिने...
१३माघ,हेटौंडा । मकवानपुरको बकैयामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् भने एक जनाको अवस्था...
१२ माघ, बारा । बाराको परवानीपुर गाउँपालिकामा विद्युतीय पोलमाथि चढेर लाइन बनाउने क्रममा करेन्ट लागेर एक जनाको...
१५ माघ,हेटौंडा। मकवानपुरको राक्सिराङमा एक *पुरुषको भिरबाट लडेर ज्यान गएको छ। शनिबार साँझ राक्सिराङ -२...
१५ माघ, गुल्मी । गुल्मीमा हातखुट्टा बाँधिएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ। मुसिकोट नगरपालिका-७...