Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मनिला बिष्ट एमालेमा फर्किएपछि,मनहरीमा वडा कमिटीद्वारा एमाले परित्याग

एमाले-परि-1664370619.jpg

एमाले त्याग गरेको घोषणा गर्दै एमाले नेता कार्यकर्ता

१२ असोज,हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एमाले मकवानपुर जिल्ला सदस्य सहित सिङ्गो वडा कमिटी सदस्यले एमाले परित्याग गरेका छन्।गत कार्यकालमा मनहरी गाउँपालिका उपाध्यक्षमा निर्वाचित नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला सचिवालय सदस्य मनिला बिष्ट  सोमबार पुन नेकपा एमालेमा फर्किएपछि असन्तुष्ट बनेको वडा नम्बर ५ वडा कमिटीका पदाधिकारीले एमाले त्यागेका हुन् ।
पार्टीभित्र ‘अराजक’ व्यक्ति भित्रिएको भन्दै ५ नम्बर वडा कमिटी नै भंग गरिएको छ भने जिल्ला कमिटीका सदस्य शुभराज थिङसहित ६५ जनाले हस्ताक्षर गरी नेकपा एमाले परित्यागको घोषणा गरेका हुन। 

निवर्तमान ५ नम्बर वडाध्यक्ष समेत रहेका जिल्ला कमिटी सदस्य शुभराज थिङ, गाउँ कमिटी उपाध्यक्ष मोहनलाल थिङ, गाउँ कमिटी सचिवालय सदस्य तथा निवर्तमान कार्यपालिका सदस्य पम्फा रोक्का, ५ नं वडा सह इन्चार्ज बुद्धिराम मुक्तान, ५ नं वडा कमिटी अध्यक्ष सोमनाथ रुम्बा,उपाध्यक्ष बलराम बस्नेत लगायतले एमाले त्यागेका हुन।
छलफल नै नगरी हिजो पार्टी त्यागेकी आज स्थानीय तह सदस्य निर्वाचनमा चुनाव हारेका हारेकालागि पार्टीमा प्रवेश गराएको असन्तुष्टी जनाउदै सिङ्गो वडा कमिटीले राजीनामा दिएको वडाध्यक्ष रुम्बाले जनाएका छन्। 

सोमबार मनिला  बिष्टसहित अनेरास्ववियुका नेता गोविन्द वर्ताैला, बालमुकुन्द ढकाल, बासु पौडेल, अप्सरा ढुंगाना लगायतका समाजवादीका नेताहरुलाई पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको सहजीकरणमा एमाले प्रवेश फोटो र समाचार सार्वजनिक भएको थियो । 
तत्कालीन गाउँपालिका उपाध्यक्ष हुँदा बिष्टले वडाध्यक्षहरुसँग झगडा गरेको, अध्यक्षलाई असहयोग गरेको, कार्य अबधि २ बर्ष बाँकी हुँदा नै पदबाट राजीनामा दिएको र पछि अदालतले परमादेश जारी गरी राजीनामा खारेज गरिदिएको थियो भने नेकपा एमाले विभाजनपछि उनले नेकपा एस रोजेकी थिइन।बिष्ट गत बैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा मनहरी अध्यक्षमा गठबन्धनका उम्मेदवारसँग लज्जापद हार बेहोर्न  बाध्य भएकी थिइन।

FB_IMG_1664371118178-1664371197.jpg

बिष्ट सहित एमाले फर्किएको सार्वजनिक फोटो


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार