Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मनिलाको एमाले 'इन्ट्री'ले मकवानपुरको मनहरीमा एमाले परित्याग गर्नेको लहर

Screenshot_20220929-10522-1664428217.jpg

१३ असोज,हेटौंडा। मनहरी गाउँपालिकामा नेकपा एमालेको सिङ्गो वडा कमिटीले एमाले परित्याग गरेको २४ घण्टा नवित्दै पुन मकवानपुरको मनहरीमा अर्को वडा कमिटिको टिमलेनै पार्टी परित्याग गरेको छ।  बिहीबार बिहान गाउँपालिका वडा नम्बर ८ का सिङ्गो कमिटीले पार्टी परित्याग गरेका हो।
नेकपा विभाजन हुदा नेकपा एस रोजेकी मनहरीकी निवर्तमान उपाध्यक्ष मनिला बिष्ट सहितका नेताको पुन:एमाले इन्ट्रीले 
असन्तुष्ट बनेको जिल्ला सदस्य, निवर्तमान वडाध्यक्ष सहित गाउँकमिटिका नेताहरु, भातृ संगठनका केहि नेताहरु सहित मनहरी ८ का ५२ जना सिंगो टिमले पार्टी परित्याग गरेका हुन्।
"हरुवा त्यही माथी एमाले ठिक छैन,यो त संविधान विरोधी पार्टी हो भन्दै एमाले त्यग्नेलाई पुन: पार्टीमा बोलाउनु,ल्याउन भनेको हामी जस्ता नेता कार्यकर्ताको भावना माथी खेलबाड गर्नु हो,त्यसैले सामूहिक राजीनामा दिएका हौ"। - ८ नम्बर वडा कमिटी अध्यक्ष सुर्यलाल स्याङ्गतानले दुखेसो पखे।
पार्टी परित्याग गर्नेहरुमा जिल्ला सदस्य दिलबहादुर स्याङ्गतान, सिताराम न्यौपाने, किसान संघ जिल्ला सदस्य रामप्रसाद ढकाल, अनेरास्ववियु बागमती प्रदेश सदस्य पुकार सुबेदी, युवा संघ जिल्ला सचिबालय सदस्य सन्तोष ढकाल, जिल्ला सदस्य सन्तोष उप्रेती, किरण सुबेदी, पार्टी ८ नम्बर वडा सचिब अभिषेक अधिकारी, अनेम संघ ८ नम्बर वडा अध्यक्ष दिलमाया गिरि, मनहरी गाउँ कमिटी उपसचिव पुस्कर सुबेदी, ८ नम्बर वडा इन्चार्ज यादब अधिकारी, गाउँकमिटी सदस्य जयबहादुर रुम्बा, लाक्पा रुम्बा, बिकाश उप्रेती, रामकृष्ण प्रजा, बिमला थिङ, कृष्णमाया सुबेदी, उषा लामा, राजेश बिक लगायत ५२ रहेका छन्।
मनिलाको एमाले इन्ट्रीको विरोध जनाउदै हिजो मात्र  नेकपा एमाले मकवानपुर जिल्ला,निवर्तमान वडाध्यक्ष सदस्य सहित मनहरी गाउँपालिका वडा नम्बर ५ का ६५ जनाले पार्टी परित्याग गरेको थियो।
तत्कालीन गाउँपालिका उपाध्यक्ष हुँदा बिष्टले वडाध्यक्षहरुसँग झगडा गरेको, अध्यक्षलाई असहयोग गरेको, कार्य अबधि २ बर्ष बाँकी हुँदा नै पदबाट राजीनामा दिएको र पछि अदालतले परमादेश जारी गरी राजीनामा खारेज गरिदिएको थियो भने नेकपा एमाले विभाजनपछि उनले नेकपा एस रोजेकी थिइन भने गत बैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा मनहरी अध्यक्षमा गठबन्धनका उम्मेदवारसँग लज्जासपद हार बेहोर्न बाध्य भएकी थिइन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार