Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

प्रथम वडाध्यक्ष कप सेभेन ए साइड फुटबलको उपाधि विकास टोललाई

कमाने-कप-1664627022.jpg

१५असोज,हेटौंडा। हेटौंडा-८ कमानेमा जारी प्रथम वडाध्यक्ष कप सेभेन ए साइड फुटबलको  उपाधि विकास टोलले हात पारेको छ।शनिबार सम्पन्न मनकामना (क) र विकास टोल बिचको फाइनल खेलमा कपको उपाधि विकास टोलले हात पारेको हो।

पहिलो हाफ बराबरीमा रोकिएपछि दोस्रो हाफको अन्तिम समयमा विकास टोलले विपक्षी टिमको पोष्टमा जाली चुमाएको थियो। खेल विकास टोलले १ का विरुद्ध सुन्य गोल अन्तरले आफ्नो पक्षमा पारेको हो।

वडा दशैको अवसरमा हेटौंडा वडा नम्बर ८ को सहयोग र  वडा नम्बर ८ खेलकुद समितिको सहकार्यमा आयोजित प्रतियोगितामा वडा भित्रका १६ वटा फुटबल टिमको सहभागि रहेको थियो।प्रतियोगिताको विजयी बनेसँगै बिकास टोलले नगद ३० हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप विजेता बनेको  मकनकामना (क) टोलले नगद २० हजार,मेडल,प्रमाणपत्र प्राप्त गरेको छ। ८ नम्बर खेलकुद समिति संयोजक उमेश थापा मगरको सभाध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा हेटौंडा-८ का वडाध्यक्ष राम थापाको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा हेटौंडानगर कार्य पालिका सदस्य मञ्जु भुर्तेल, वडा सदस्यहरु गोरखनाथ राय,राजु मोक्तान,टोल विकास समन्वय समिति हेटौंडा-८ का अध्यक्ष विष्णु अर्याल, एथलेटिक संघका केन्द्रीय सदस्य प्रभाकर पाण्डे लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीको आतिथ्यता रहेको थियो। 
प्रतियोगितामा विजेता र उपविजेता बनेका टिमलाई वडाध्यक्ष थापा  तथा वडासदस्यहरुले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए। प्रतियोगिता अविधीभर खेलमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ संस्थालाई सम्मानपत्र प्रदान गरिएको थियो भने वडा कार्यालय तथा खेलकुद समितिको आयोजनामा असोज १० गते सम्पन्न दौड प्रतियोगितामा प्रथम,दृतीय तथा तृतीय एव सहभागि भएकालाई पुरस्कार वितरण गरिएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार