Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

चेपाङको चुनाव अनुभव: ‘भोट हालेका सांसद कहिल्यै देखेनौं’

Chepang-1510451122.jpg

तस्विर : अन्नपूर्ण पोष्ट

२६ कार्तिक, हेटौँडा । चारैतिरबाट हावा छिर्ने झुप्रो घर । करिब एक महिनालाई खान पुग्ने मकै । बिरामी श्रीमती र कुपोषणले ग्रसित छोराछोरी । घरखर्च जोहो गर्न डोको बुन्दै गरेका रामकुमार चेपाङसँग जाडो लुकाउन अगेनाको आगो मात्र सहारा छ । मैलो झुत्रो कपडा, चाउरिएको अनुहार र जिङरिङ्ग परेको दाह्री कपाल । करिब ३५ वर्षीय रामकुमार ५० कटेझैं देखिन्छन् । अन्नपूर्ण पोस्टमा कृष्ण सारु मगरले लेखेका छन् ।

राक्सिराङ गाउँपालिका-७ काँकडास्थित धिराङका रामकुमार पुर्खादेखि बस्दै आएको ओढार छाडेर खुला आकाशमुनि झुप्रो घरमा बस्न थालेको तीन वर्ष मात्र बितेको छ । भर्खरै बाहिरी संसार देख्दै गरेका उनले वैशाख ३१ मात्र चुनाव कस्तो हुन्छ भन्ने भेउ पाए । ३४ वर्षको उमेरमा एक वर्षअघि तत्कालीन काँकडा गाविस कार्यालयस्थित सिलाधुनीमा नागरिकता बनाएका उनले पहिलो पटक स्थानीय निर्वाचनमा मत हाले ।

मंसिर २१ मा हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनबारे उनीहरू बेखबर छन् । निर्वाचनमा मत हाल्नुपर्छ भन्ने थाहा पाएका रामकुमारले अहिलेसम्म सांसद देखेका छैनन् । ‘चुनाव भन्ने चंै थाहा भो तर सांसद कस्ता हुन्छन् थाहा छैन’, उनले लजाउँदै भने, ‘एकचोटि सांसदसँग भेट्ने रहर छ ।’ अहिलेसम्म कोही पनि भोट माग्न नआएको उनले बताए ।

दुई छोराछोरीलाई यसै वर्षदेखि उनले नजिकैको धिराङ प्राविमा भर्ना गराएका छन् । श्रीमती राममाया प्रायः बिरामी भइरहन्छिन् । उनले हालसम्म सबैभन्दा ठूलो सरकारी मान्छे राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल भेटेका रहेछन् । ‘भोट माग्न आउनुभएको थियो, मैले सरकारलाई पहिलो पटक भेटेको’, उनले भने, ‘धेरै दुखेसो पोख्ने मन थियो, डरले नमस्कार मात्र गरें ।’ अहिलेसम्म अरू कोही पनि सरकारी मान्छे गाउँमा नआएको उनले बताए ।

उनी मात्र होइनन्, धिराङ र दाराङका ८५ चेपाङ परिवारका धेरै सदस्यले दर्जनौं पटक भोट हाले । तर, हालसम्म गाउँमा सांसद देखा परेका छैनन् । मकवानपुरको विकट चेपाङ बस्ती धिराङ र दाराङ पुग्न पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको लोथर बजारबाट एक दिन पैदल हिँड्नुपर्छ ।

रामकुमार जस्तै धिराङका सूर्यबहादुर चेपाङलाई पनि सांसद हेर्ने रहर छ । ०७० सालमा किनमेलका लागि चितवनको भण्डारा पुगेका उनले एउटा चुनावी सभामा एमाले नेता सुरेन्द्र पाण्डेलाई देखेका थिए । ‘नजिकबाट हेर्न पाइनँ’, उनले भने, ‘हाम्रो गाउँमा पनि सांसद आए कस्तो हुन्थ्यो होला ।’

उनले यसो भनिरहँदा उनको अनुहारमा पीडा बोध देखिन्थ्यो । ०७३ असोजमा सुत्केरी व्यथाले च्यापेकी छोरीलाई समयमै स्वाथ्यचौकी पुर्‍याउन नसक्दा छोरी गुमाउनुपरेको पीडा उनले भुल्न सकेका छैनन् । ‘छोरी १९ वर्षकी थिइन्, घरमै सुत्केरी हुन नसकेर बितिन्’, उनले भने, ‘गाउँमा सरकारले पाइला टेके अस्पताल बन्थ्यो कि ? ’धिराङबाट नजिकको सिलाधुनी प्राथमिक स्वास्थ्य केन्द्र पुग्न करिब १० घन्टा उकाली-ओराली गर्नुपर्छ ।

चितवनको भण्डारा हुँदै धादिङको मलेखु निस्कने गरी चेपाङ मार्ग निर्माणाधीन अवस्थामा छ । तर, धिराङबाट करिब तीन घन्टामा पुगिने दुङथलीबाट हिउँदकोे केही महिना मात्र भण्डारासम्म सानो गाडी चल्छ । स्वास्थ्य र सडकसँगै अशिक्षाले पनि यो गाउँलाई छाडेको छैन ।
धिराङ प्रावि एक वर्षअघि मात्र निमावि भएको हो । ‘कक्षा ५ सम्म पढेपछि छोरीहरू बिहे गरेर जाने र छोरा काम खोज्न सहर पस्न बाध्य छन्’, विद्यालयका शिक्षक बाबुलाल तामाङले भने, ‘निमावि पढाइ हुन थालेपछि केही सुधार भएको छ ।’

यद्यपि, गाउँमा बाल विवाह रोकिएको छैन । एक साताअघि मात्र कक्षा ७ मा अध्ययनरत १४ वर्षीया कल्पना चेपाङ भागी विवाह गरेर धादिङस्थित बाङवुर्ती पुगेकी छन् । ‘पढाउन सकिएन, पाल्न पनि सकिएन’, कल्पनाकी बुबा देउरामले भने, ‘छोरी धादिङ पुगेको भन्ने खबर आएको छ ।’
खोरिया बारी कमाएर जीवन निर्वाह गरिरहेका उनीहरूमध्ये धेरै परिवारलाई ६ महिना पनि आफ्नो बारीको उब्जनीले खान पुग्दैन । तैपनि, उनीहरूले सरकारसँग खानेकुरा मागेका छैनन् ।

अहिलेसम्म सरकारको अनुभूति गर्न नपाएका धिराङ र दाराङका चेपाङ स्वास्थ्योपचार, शिक्षा र सडकको सुविधा चाहन्छन् । ‘खानेकुरा नभए पनि कन्दमूल खाएर बाँचेकै छौं तर उपचार नपाएर धेरै मान्छे मरेका छन्’, नेपाल चेपाङ संघ मकवानपुरका पूर्वअध्यक्ष समेत रहेका सन्तराम चेपाङ भन्छन्, ‘कम्तीमा पनि यहाँको भोटले जितेर जानेले यो ठाउँबारे थोरै भए पनि सोचिदिए हुन्थ्यो ।’

कांग्रेस मकवानपुरले उनलाई यसपटक प्रदेशसभाका लागि समानुपातिक सूचीमा नाम राखेको छ । एमालेका पूर्वसभासद् गोविन्द चेपाङ नेपाल चेपाङ संघको अध्यक्ष हुँदा धिराङ पुगेका थिए । ‘चुनाव प्रचार गर्न आउनेहरू पनि गाउँमा जान मान्दैनन्, घन्टौं हिँड्नुपर्ने भएपछि बगर र गाविस भवनमा बोलाएर भाषण गर्छन्’, सन्तरामले भने, ‘मैले अहिलेसम्म आफ्नै पार्टीको नेतासमेत गाउँमा लैजान सकेको छैन ।’

भौगोलिक विकटताका कारण नेताहरू गाउँ जान नमान्ने गरेको उनले गुनासो गरे ।अभाव र गरिबीका पर्याय बनेको धिराङ र दाराङमा चेपाङ समुदायको मात्र बसोवास छ । दाराङकी ७१ वर्षीया सुनमाया चेपाङ भन्छिन्, ‘भोट त धेरै पटक हालियो तर अहिलेसम्म कसलाई भोट हालियो देख्न पाएको छैन ।’ उनलाई आफूले भोट हालेको नेता हेर्ने रहर छ ।‘आफूले भोट हालेको नेता त हेर्न पाएको छैन, विकासको त के आस गर्नु’, उनले दुखेसो पोखिन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार