Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लोकतान्त्रिक गठबन्धनको ६ र ७ मा सम्पर्क कार्यालय  

हेटौँडा–१३ र थाहा  ६ मा प्रचारप्रसार समिति गठन

htd-6-1510479167.jpg

२६कार्तिक,हेटौँडा ।   लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत प्रतिनिधिसभा तथा प्रद्शसभा  क्षेत्र नम्बर १ को  हेटौँडा  उपमहानगरपालिका वडा नम्बर ६ र ७ मा निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क वडा कार्यालय उद्घाटन गरिएको  छ  ।

क्षेत्र १ को ख का प्रदेश सभाका उमेद्धवार असोक शाक्य राप्रपाका केन्दिय सदस्य दिपक सिंह  रजिल्ला निर्वाचन परिचालन समितिका संयोजक विष्णुप्रसाद लामिछानेले संयुक्त रुपमा सम्पर्क वडा कार्यालय उद्घाटन गरेका छन । 
सम्पर्क वडा कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै क्षेत्र १ को ख का प्रदेश सभाका उमेद्धवार असोक शाक्यले बाम गठबन्धनले लोकतन्त्रलाई खतरा पार्ने संकेत देखा परेकोले भन्दै जन्ताले लोकतन्त्रको रक्षाको  लागी लोकतान्त्रिक शक्तिहरुलाई मतदान गरी बिजय गराउन गर्दै पटक पटक जितेर एमालेले जिल्लामा सिन्को समेत नभाचेको भन्दै कमल थापा र ईन्द्र बानियाले गरेका बिकाशे कामहरुलाई नियाल्न आग्रह गरेका छन ।  त्यसैगरी राप्रपाका केन्द्रीय  सदस्य दिपक सिंहले नेपाली काग्रेस र राप्रपाको एउटै लक्ष्य भनेको मकवानपुर र मकवानपुर जन्ताको बिकास गर्ने रहेको हुदा लोकतान्त्रिक गठबन्धनका उमेदवारलाई भोट दिएर बिजय गराउन आग्रह गरे  बताए । 
उद्घाटन कार्यक्रमामा  राप्रपाका केन्द्रिय सदस्य रामहरी न्यौपाने,
काँग्रेस समानुपातिक उम्मेदवार पवित्रा विक , नेपाली काग्रेस क्षेत्रिय सभापती तारानाथ चौलागाई, राप्रपाका क्षेत्रिय अध्यक्ष तथा निर्बाचन प्रचारप्रसार समितिका सहसंयोजक ध्रुब सजेल, राप्रपा नगर अध्यक्ष गुरु प्रसाद सापाकोटा, नेपाली काग्रेस जिल्ला सदस्य इश्वरलाल श्रेष्ठ,सुनिल दाहाल,  हेटौँडा वडा न ६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, राप्रपा ६ नम्बर अध्यक्ष केदार राई,काग्रेस ७ नम्बर  वडा अध्यक्ष दामोदर गौतम,  लगायतकाको उपस्थिति रहेको थियो । 

 हेटौँडा–१३ र थाहा  ६ मा प्रचारप्रसार समिति गठन
हेटौँडा–१३ मा लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचारप्रसार समिति गठन भएको छ । कार्यकर्ता भेलाले नेपाली कांग्रेस
हेटौँडा–१३ का सभापति कृष्णबहादुर थिङ संयोजकत्वमा प्रचार समिति गठन गरेको हो । सहसंयोजकमा राप्रपाका वडा अध्यक्ष भवनाथ दुलाल र सदस्य सचिवमा कांग्रेसका मिनप्रसाद दुलाल रहेको ५१ सदस्यीय समिति गठन गरेको छ ।कार्यक्रममा कांग्रेस नेता चम्फुरच्न लामा, अर्जुन थिङ, राप्रपाका सपना मोक्तान लगायतको सहभागिता रहेको थियो । 
त्यसैगरी क्षेत्र नम्बर २ को थाहा नगरपालिका ६ बज्रबाराहिमा कांग्रेसका केदार बहादुर जोशीको संयोजकत्व र राप्रपाका शम्भु भक्त श्रेष्ठको  सहसंयोजकत्वकम ५१ सदस्यीय प्रचार  समिती गठन गरिएको छ  । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार