Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

कामधेनु सहकारीको २४ औं भेला सम्पन्न

पत्रकार सहित १४ जना सम्मानित

FB_IMG_1665841458705-1665841715.jpg

२९ असोज, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

साधारणसभामा संस्थाका अध्यक्ष उदय विडारीले संस्थागत प्रतिवेदन, उपाध्यक्ष उदय प्रकाश दहालले ऋण समितिको प्रतिवेदन, खुत्रुके बचत उपसमितिकी संयोजक अम्बिका सापकोटाले खुत्रुके बचत उपसमितिको प्रतिवेदन र ब्यवस्थापक भीमसेन पौडेले आर्थिक बर्ष २०७८।०७९ को लेखा परीक्षण प्रतिवेदन र चालु आर्थिकवर्ष २०७९।०८० को लागि २ करोड ८५ लाखको अनुमानित आयव्यय विवरण पेश गरेका थिए ।

साधारणसभामा संस्थाको भवन निर्माणमा सहयोग गर्ने रुपेश दुलाल, सिधाखवर डटकमका सम्पादक श्रीराम दाहाल, संस्थापक शेयर सदस्य रविलाल गौतम र दामोदार तिमल्सिना बढी ब्याज बुझाउने बुद्धरत्न मानन्धर, बढी सेवा शुल्क बुझाउने पदमलाल लम्साललाई सम्मानित गरिएको थियो ।

यसैगरि एकल महिला कमला कुमारी आचार्य, ज्येष्ठ शेयर सदस्य दिर्घमणी भट्टराई, खुत्रुके बचतमा बढी रकम जम्मा गर्ने आदेश गौतम र सम्पदा सिग्देल, निक्षेपमा बढी रकम जम्मा गर्ने केदार प्रसाद अधिकारी, ब्यवसायी गायत्री राई र एसइइमा उत्कृष्ठ अंक हासिल गर्ने प्रतिक ढुङगाना र रेखा गौतमलाई समेत सम्मानित गरिएको थियो ।

नेपाली काँग्रेस बागमती प्रदेश सभापति ईन्द्र बानियाँको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष उदय विडारीको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।

साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य विजय पौडेल, हेटौडा–१७ का वडा सदस्य नवराज न्यौपाने, संस्थाका संस्थापक अध्यक्ष बासुदेव सापकोटा, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, संस्थाका सल्लाहकार गौरबकुमार पराजुली, नौलो विहानी कृषि सहकारीका अध्यक्ष भरत सापकोटा, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, नारीचेतना सहकारीका कार्यवाहक अध्यक्ष राधिका गौतम, प्रगतिशिल महिला आपसी विकास संस्थाकी अध्यक्ष बनारसी उप्रेती, चौघडा सहकारीका सचिव अर्जुनप्रसाद हुमागाई, संस्थाकी सदस्य मन्दिरा घिमिरे लगायतकाले मन्तव्य व्यक्त गरेका  थिए ।हेटौडा–६ र १७ कार्यक्षेत्र रहेको सहकारीको २ करोड २८ लाख निक्षेप र ३१ लाख शेयर पूँजी रहेको सहकारीमा ६ सय ३० जना शेयर सदस्यहरु आवद्ध रहेका छन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा आएर माधव नेपालले भने:नेकपा (एस) मा जनलहर बढेको छ
IMG_20240427_211139-1714231703.jpg

१५ बैशाख, हेटौंडा।  नेकपा एसको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा जनसहभागिता...

भोलीबाट कान्तिलोकपथ १ महिना अझै बन्द रहने, दिउँसो ३ घण्टा मात्र खुल्ने
IMG_20240311_091120-1714227704.jpg

  १५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...

आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

थप समाचार