Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आईसीसी टी–२० विश्वकप आजबाट सुरु हुँदै

icc_t_20-1665882034.jpg

३० असोज, हेटौंडा । आठौं संस्करणको आईसीसी टी–२० विश्वकप क्रिकेट आज आइतबारबाट अष्ट्रेलियामा सुरु हुँदैछ । भिक्टोरियामा आइतबार पहिलो राउण्ड अन्तर्गत समूह ’ए’ का दुई खेलहरु हुँदैछन् । 
उद्घाटन खेलमा नामिबिया र श्रीलंका खेल्दै छन् । जीएमएचबीए मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ९ः४५ मा सुरु हुनेछ । यस्तै आइतबार नै हुने दोस्रो खेलमा समूह ’ए’ का यूएई र नेदरल्यान्ड्स खेल्दै छन् । जीएमएचबीए मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा हुनेछ ।
यस विश्वकपमा १६ राष्ट्र सहभागी रहेका छन् । १६ टोलीमा ८ टोलीले पहिलो राउण्ड  खेल्नेछन् । पहिलो चरणमा ४÷४ टोलीको दुई समूह रहेकोमा दुबै समूहका शीर्ष दुई टोली दोस्रो राउण्डका लागि छनोट हुनेछन् ।
पहिलो राउण्डको समूह ’ए’ मा श्रीलंका, नामिबीया, यूएई र नेदरल्यान्ड्स रहेका छन् । समूह ’बी’ मा वेस्ट इण्डिज, जिम्बाबे, आयरल्याण्ड्स र स्कटल्याण्ड रहेका छन् ।
दोस्रो राउन्डमा पुगिसकेका आठ टोली र पहिलो राउण्डबाट आउने चार टोली पुनः सुपर १२ मा खेल्नेछन् । यसमा रहेका १२ टोलीलाई पनि ६÷६ टोली गरि दुई समूहमा बिभाजन गरिने छ । दुई समूहका शीर्ष २२ टोली सेमिफाईनलमा पुग्ने छन् । 
सुपर १२ को समूह एकमा अष्ट्रेलिया, न्युजिल्याण्ड, अफगानिस्तान, इंग्ल्याण्ड, पहिलो राउण्ड समूह ’ए’ को बिजेता र पहिलो राउण्ड समूह ’बी’ को उपबिजेता रहनेछन् । 
समूह दुईमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, पहिलो राउण्ड समूह ’बी’ को बिजेता र पहिलो राउण्ड समूह ’ए’ को उपबिजेता रहने छन् । यस विश्वकपको फाईनल खेल भने १३ नोभेम्बरमा हुनेछ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार