Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

जनहित स्वावलम्बनको बार्षिक साधारण सभा सम्पन्न

FB_IMG_1666056400012-1666056702.jpg

१ कार्तिक,हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ खैरेनीमा रहेको जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।  

संस्थाका अध्यक्ष श्रीराम अर्जुन दहालको सभाध्यक्षता तथा वडा नम्बर ५ का वडा अध्यक्ष दिपेश दाहालको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।  
सहकारीले सभामा विभिन्न विधामा पुरस्कार तथा सम्मान गरेको छ । सहकारीले जेष्ठ शेयर सदस्यतर्फ पिताम्बर हुमागाई र सेतीमाया घ्यावा, असल ऋणीतर्फ लिलानाथ घिमिरे र संगीता सुनाम, उत्कृष्ट बचततर्फ नारायणप्रसाद घिमिरे र कान्छीमाया थिङ, उत्कृष्ट शेयर कर्तातर्फ बुद्धिकुमारी लो र बलराम छत्कुलीलाई सम्मानित तथा पुरस्कृत गरिएको थियो । सभामा समूहतर्फ अन्नपूर्ण आयआर्जन समूह प्रथम, जनज्योती आयआर्जन समूह द्धितीय, गुरासँ आयआर्जन समूह तृतीय र नवसृजना आयआर्जन समूह सान्त्वना भई पुरस्कृत गरिएको थियो । 
१३ लाख ३२ हजार पाँच सय शेयर पुजीँ रहेको सहकारीले एक करोड ६९ लाख कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १२ लाख ६९ हजार ४८१ रुपैयाँ रहेको संस्थाका अध्यक्ष श्रीराम अर्जुनले बताए । सहकारीको बचत निक्षेप एक करोड ३७ लाख ४१ हजार ६७१ रुपैयाँ रहेको र आफ्ना शेयर सदस्यलाई विभिन्न कृषि तथा पशुपालन र व्यवसाय क्षेत्रमा एक करोड ६९ लाख ९ हजार २५७ रुपैयाँ कर्जा लगानी गरेको अध्यक्ष श्रीराम अर्जुनले बताए ।  
सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका संस्थापक अध्यक्ष सुलोचना स्याङ्तान, वडा नम्बर ५ का निवर्तमान वडा अध्यक्ष जीतबहादुर घिमिरेको विशेष आतिथ्यता रहेको थियो । सभामा  कार्यपलिका सदस्य नन्दकुमारी विक, महिला कल्याण साकोसका सदस्य दिलकुमारी थिङ, स्वारोजगार साना किसान कृषि सहकारीका अध्यक्ष धनकुमारी खड्का, संस्थाका संस्थापक अध्यक्ष गुणनिधि ढकाल, पुर्व अध्यक्ष थलनाथ घिमिरे, तीलगंगा बहुउद्देश्यीय सहकारीका अध्यक्ष रादिका छत्कुली, लेखा संयोजक चण्डिका पौडेल, सल्लाहकार यज्ञप्रसाद तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो ।  
सहकारीको सभामा संस्थाका अध्यक्ष श्रीराम अर्जुनले वार्षिक प्रगति र भावी वार्षिक नीति तथा कार्य योजनाहरु प्रस्तुत गरेका थिए । सभामा रिक्त रहेको पदहरुमा पदपूर्ति समेत गरिएको थियो । सभाबाट सचिवमा राजन घिमिरे, लेखा समिति सदस्यमा सीता अधिकारी र ऋण उपसमितिको सदस्यमा  संगीता सुनाम चयन गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

आँचलद्वारा विभिन्न विद्याका ९ जना स्रष्टा सम्मानित
Capture-1714271254.JPG

१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक...

इलाम २ मा ७ बजेपछि मतगणना
Capture-1714266183.JPG

१६ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको इलाम क्षेत्र नम्बर २ को मतदानको मतगणना आज बिहान ७ बजेपछि मात्रै सुरु हुने...

नेपालले वेस्ट इन्डिज ’ए’ लाई ४ विकेटले हरायो
c-1714264025.jpg

१६ बैशाख, हेटौंडा । वेस्ट इन्डिज ’ए’ सँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ...

हेटौंडा आएर माधव नेपालले भने:नेकपा (एस) मा जनलहर बढेको छ
IMG_20240427_211139-1714231703.jpg

१५ बैशाख, हेटौंडा।  नेकपा एसको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा जनसहभागिता...

भोलीबाट कान्तिलोकपथ १ महिना अझै बन्द रहने, दिउँसो ३ घण्टा मात्र खुल्ने
IMG_20240311_091120-1714227704.jpg

  १५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...

आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

थप समाचार