Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

जनताको पहुँच बढाउन सत्तारुढ गठबन्धनले जित्न आवश्यकः डीना

311515921_508082124665373-1666353260.jpg

४ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रिय सहमहामन्त्री एवम् मकवानपुर–१ बाट सत्तारुढ गठबन्धनको प्रतिनीधीसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले सबै सेवामा आम जनताको पहँुच बढाउन सत्तारुढ गठबन्धनले जित्न आवश्यक रहेको बताएकी छन् ।
शुक्रबार नेपाल महिला संघ १५ नम्वर वडा कार्य समितीले आयोजना गरेको अगुवा महिला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले विगतदेखी नै हाल कायम रहेको सत्तारुढ गठबन्धनको दलहरु नेपालको राष्ट्रियता र लोकतन्त्र स्थापित गर्दै आम जनताको पहुँच शिक्षा,स्वास्थ्य लगायत सबै सेवा पुर्याउन लागि परिरहेको बताइन् । 
डीनाले नेपालको संविधानमा महिला,पिछडिएका वर्ग,दलित,जनजातीको हक अधिकार सुनिश्चित गर्न आफ्नो पनि भुमिका रहेको सुनाइन् । मकवानपुरको दुवै प्रतिनीधिसभा र प्रदेशसभामा गठबन्धनको जीत सुनिश्चित रहेको उनको भनाई छ । ‘मकवानपुरमा गठबन्धनको जीत सुनिश्चित छ’,उनले भनिन् । 
यस्तै मकवानपुरको निर्वाचन क्षेत्र नम्वर १ को प्रदेशसभा ख का उम्मेदवार आनन्दराम पराजुलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्ध्नको प्रतिष्पर्धा संविधान च्यात्ने र देशलाई गलत दिशामा लैजान खोज्नेसँग भएको बताए । अप्ठेरो समयमा सधैं कांग्रेसले देशको नेतृत्व गरेको भन्दै पराजुलीले निर्वाचनपछि पनि देशको नेतृत्व कांग्रेसले नै गर्ने बताए । 
पदमा नहुँदा पनि आफू सधैं जनताको साथमा रहेको भन्दै उनले एमाले चुनाव आएपछि मात्रै जनतालाई भेट्न आउने गरेको आरोप लगाए । आगामी निर्वाचनले देशको भविष्य निधाएरण गर्ने भएकोले गठबन्धनलाई जिताउनुपर्ने उनको भनाई थियो । नेपाल महिला संघ १५ नम्वर वडा कार्य समितीको अध्यक्ष देवी मिश्रको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

थप समाचार