Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

ओलीले दुईतिहाइको जनमत जोगाउन सकेनन्ः खतिवडा

BIRODH-KHATIWADA-1666398693.jpg

हेटौँडा, ४ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडाले केपी ओलीले दुई तिहाइको जनमत जोगाउन नसकेको बताएका छन् ।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक वामगठबन्धनका तर्फबाट उम्मेदवार रहेका भएका खतिवडाले शुक्रबार भीमफेदीमा भएको कार्यक्रममा बोल्दै जनताले वामपन्थीलाई सरकार सञ्चालनका लागि दिएको जनमत ओलीको आडम्बरले भत्किएको बताए । ‘मेरै लोकप्रियताले सबै बल आर्जन भएको भन्दै सरकार र पार्टीलाई एकलौटी चलाउन खोज्दा जनमतको अपमान भयो,’ खतिवडाले भने, ‘पार्टीको रिसले दुई–दुई पटक संसद विघटन गरे ।’
२०३६ सालदेखि परिवर्तनका पक्षमा लागेका दलहरु लोकतान्त्रिक बम गठबन्धनमा रहेको बताउँदै खतिवडाले एमाले भने राजतन्त्र पक्षधर, विखण्डनकारीसँगै गुण्डा नाइकेहरु बोकेर निर्वाचनमा होमिएको आरोपल लगाए । खतिवडाले आफ्नो क्षेत्रमा विकासका निर्माणका लागि भए गरेका कार्यहरु बताउँदै झुटको खेती गर्नेहरुले कहिले युवाका नाममा त कहिले विकास भएन भनेर बेइमानी गरिरहेको बताए ।
आजै मकवानपुरको कैलाशस्थित कालिकाटारमा भएको गठबन्धनकै अर्को कार्यक्रममा खतिवडाले गठबन्धनको जित सुनिश्चित रहेको दाबी गरे । उनले भने, ‘गठबन्धनका सबै उम्मेदवारले जित्छन्, धोकाधडी हुन्छ भनेर भ्रम मात्र फैलाइएको हो ।’ उनले आफू जितेर प्रदेशका उम्मेदवार हार्ने वा प्रदेशका उम्मेदवार जितेर आफू हार्ने अवस्था नभएको र त्यस्तो भएमा आफू र प्रदेशका विजयी उम्मेदवार समेत नैतिकता देखाउँदै राजीनामा दिन भएको दावी गरे ।
कार्यक्रममा निर्वाचन क्षेत्र २ क का उम्मेदवार एवम् बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गठबन्धनका उम्मेदवारहरु परिपक्व, अनुभवी र मकवानपुरको विकास अहोरात्र क्रियाशील अनुहारहरु भएको बताए । कालिकाटर भीमफेदी सभामा सहभागी मोक्तानले प्रदेश गठबन्धन सरकारले विकट र दुर्गम कैलाश तथा भीमफेदीको विकासमा गरेको योगदानहरु चर्चा गरेकी थिईन् । 
‘भीमफेदीमा २ अर्ब ८६ करोडका १ सय १७ योजना प्रदेश सरकारले ल्याएको छ,’ मोक्तानले भनिन, ‘संघ र प्रदेशमा मन्त्री तथा मुख्यमन्त्री बन्ने अनुहारहरु मकवानपुरकै भएकाले जनताका समस्या समाधानमा राजनीतिक पहुँच अरु बलियो हुनेछ ।’ प्रदेश ख का उम्मेदवार ईन्द्रबहादुर बानियाँले एमाले कमल थापा, विखण्डनकारी, गुण्डा नाइके बोकेर हिँडिरहेको र व्यवस्था नै सिध्याउने काम लागेकाले गठबन्धन बनाउनु परेको बताए । उनले, ‘सहिदको हत्यारालाई उम्मेदवार बनाएको एमालेले  साढे ३ वर्ष केन्द्र र प्रदेश सरकारमा हुँदा मकवानपुरको विकासमा केही नगरेको दावी गरे ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

थप समाचार