Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

थाहा नगरमा लोकतान्त्रिक बाम गठबन्धनको वृहत भेला

1-1666526222.jpg

६ कार्तिक, हेटौंडा । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको लोकतान्त्रिक बाम गठबन्धनले मकवानपुरको थाहा नगरपालिकामा वृहत कार्यकर्ता भेलाको आयोजना गरेको छ । 
आइतबार थाहा नगरपालिकामा गठबन्धन दलतर्फका सबै उम्मेदवारको सहभागितामा अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै गठबन्धन दल नेकपा एकीकृत समाजवादीकातर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडाले एमालेको प्रतिगमनविरुद्ध भएको गठबन्धनले मकवानपुरको ६ वटै सिट जित्नेमा ढुक्क हुन सबैमा आग्रह गरे । उनल एमाले सरकारमा हुँदा जनताको पक्षमा कुनै काम हुन नसकेको भन्दै बरु भ्रष्टाचार र बेथितिको चाँङ बनेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले संविधान, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षा र ब्यवस्था बचाउनको लागि अहिलेको गठबन्धन बनेको बताए । 
केपी ओलीको अराजकता, उदण्डता, भ्रष्टाचार,  राजतन्त्रको पुनःस्थापन रोक्न आगामी निर्वाचन निर्णायक हुने पनि उनले बताए । १९ दिने जनआन्दोलन दबाउने, परिवर्तन विरोध कमल थापा र देश टुक्र्याउँछु भन्ने सिके राउतसँग मिलेमतो गरेर चुनावमा होमिएकाले एमालेले झनै जनताको विश्वास गुमाएको उनको तर्क थियो । 
यस्तै नेकपा माओवादीकातर्फबाट मकवानपुर क्षेत्र नम्बर २ (क) मा उम्मेदवार बनेकी कुमारी मोक्तानले गठबन्धनको भावनालाई आत्मसात गरी परिवर्तन पक्षधर उम्मेदवारलाई विजयी बनाउन सबैमा आग्रह गरिन् । एमालेले जितेमा मुलुक फेरि पछाडि धकेलिने स्पष्ट भएको भन्दै गठबन्धनभित्र हिजोका केही त्रुटी कमजोरी भएको भए पनि त्यसलाई मनमा नलिई प्रतिवद्ध भएर मतदान गर्न उनले सबैमा अनुरोध गरिन् । 
नेकपा माओवादी केन्द्र थाहा नगरपालिका अध्यक्ष विनोद लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशी, राष्ट्रिय जनमोर्चाका सचिव दिनेश विष्ट, कांग्रेस महासमिति सदस्यद्वय जयराम लामिछाने र उमा दाहाल, कांग्रेस मकवानपुर सभापति एवं लोकतान्त्रिक बाम गठबन्धन परिचालन समिति जिल्ला संयोजक बुद्ध लामा, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सोनामसिं स्याङतान, माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण विडारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 

2-1666526225.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार